शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहकार्य

स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहकार्य


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो ।

भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा वोल्दै भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा स्पोर्टस अवार्डलाई विगत देखि नै सहयोग गर्दै आइरहेको र यसपटक पनि सहयोगलाई निरन्तरता दिएको बताए ।

खेलकुद क्षेत्रका पत्रकारहरु संगठित भई खेलाडी, खेल प्रशिक्षक, रेफ्री, पत्रकार लाई समेटेर आयोजना गर्न लागिएको वृहत कार्यक्रमले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमानमा टेवा पु¥याउने उनको भनाइ थियो ।

सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले पोखरा स्पोर्टस अवार्डलाई भब्य र सभ्य बनाउनका लागि खेलकुद क्षेत्रमा लागेको संघ संस्थाको महत्वपूर्ण भुमिका रहने बताउदै भूतपूर्व खेलाडी मञ्चको सहयोग प्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->