बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार

स्वर्गीय शाहका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले खुलाए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएका स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरेर महोत्सव समापन गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

स्वर्गीय शाहका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले खुलाए । शाह परिवारको तर्फबाट शाहकी श्रीमती रमा शाह र छोरी मिमोही शाहलाई पोखरा महानागरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, मञ्चका संस्थापक खड्क रानाभाट, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ,रेस डाइरेक्टर तेजबहादुर गुरुङ, कार्यक्रम संयोजक हरिप्रसाद पराजुलीलगायतले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

स्वर्गीय शाहले २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा कार्य गर्दै नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उक्त अवधिलाई नेपाली खेलकुदको स्वर्णयुगका रूपमा लिइन्छ ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको परिकल्पना गरी खेलकुदलाई संस्थागत र चलायमान बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय खेलकुद पुरस्कारको नगद राशी संस्थापक मञ्चका संस्थापक खड्क रानाभाटले आजीवन प्रायोजन गर्ने घोषणा गरेका थिए । अब उक्त पुरस्कार हरेक दुई वर्षमा वितरण गरिने छ । कार्यक्रममा २५ वर्षदेखि निरन्तर सहयोग गर्ने प्रायोजक, बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, व्यक्तिहरु सम्मान गरिएको सचिव महेश पौडेलले बताए ।

मञ्चले रजत बर्ष महोत्सवको अवसर पारेर १२ महिना १२ कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार हालसम्म १६ वटा कार्यक्रम सम्पन्न भइसकेको मञ्चका रेस डाइरेक्टर तेजबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->