शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

माछापुच्छ्रेमा लागत साझेदारीका योजनाको अनुगमन

माछापुच्छ्रेमा लागत साझेदारीका योजनाको अनुगमन


  • ढाेरपाटन संवाददाता
  • बैशाख १७ २०८३, बिहिबार

पोखरा/जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२÷८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ ।

अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँपालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका–६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण, बराह मावि भेडाबारीको मञ्च निर्माण र कैलाश माविमा पर्खाल निर्माण, वडा नं. ४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार, वडा नं. ३ शुक्लागण्डकी माविको सभाहल, मेघराज आधारभुत विद्यालयको सभाहल, वडा नं. ५ स्थित निस्पक्ष माविको सभाहल, वडा नं. ८ तारेबराह आधारभुत विद्यालयको भवन निर्माण योजना रहेका छन् ।

अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले विनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गरे । कमजोरी देखिएका केही योजनालाई तत्काल सच्याउन आग्रह गर्दै पौडेलले निर्माण कार्य प्रभावकारी र निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनी, साझेदार पालिका र उपभोक्तालाई जागरुक हुन आग्रह गरे ।

अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली, लक्ष्मी दमै, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालसहित इन्जिनियर, प्राबिधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->