शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा र पुलिस भिड्दै

उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा र पुलिस भिड्दै

पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार

पोखरा/आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा आजबाट महिला गोल्डकप आयोजना हँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

पोखरामा महिला फुटबलको विकास गर्ने लक्ष्यका साथ पहिलो पटक महिलाको ठूलो प्रतियोगिता हुन लागेको हो । पोखराले महिला फुटबलको अभाव झेलिरहेको अवस्थामा पहिलो पटक हुने ठूलो प्रतियोगिताले यहाँको फुटबल फेरी जुरमुराउने आयोजकले विश्वास लिएको छ । क्लबका अध्यक्ष रमेश कार्कीका अनुसार पोखरामा हालसम्म स्तरीय महिला फुटबल प्रतियोगिता हुन सकिरहेको थिएन् ।

फुटबल क्षेत्रमै लागेका कार्कीले महिला फुटबलको विकाससंगै पोखरालाई समेत फुटबलको हब बनाउनका लागि महिला फुटबलको सुरुवात गरेको सुनाए । यो प्रतियोगितालाई अब निरन्तरता दिदैँ भोलिबाट पोखरामा पनि महिला फुटबल हुन्छ भन्ने सन्देश दिन आवश्यक रहेको उनले सुनाए ।

‘पोखरामा फुटबलका गतिविधि नै न्युन भइरहेको अवस्था छ त्यसमा पनि महिला फुटबल त झन हुनै सकेको थिएन् । पोखराले कहिल्यै स्तरीय महिला फुटबल आयोजना गर्न सकेन’ उनले भने, ‘तर, अब समय आएको छ हामीले आँट गरेका छौं । अब पोखरामा पनि महिला फुटबल हुन्छ भन्ने सन्देश दिनेछौं ।’

पहिलो संस्करण भएका कारण अधिकांशले प्रतियोगिता नै नहुने आशंका गरिरहँदा आफुहरुले त्यसलाई चिर्दै प्रतियोगिता सुरु गरेको सुनाए ।

पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।

‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’ उनले भने, ‘ महिला फुटबलमा गण्डकी प्रदेश पछि परिरहेको छ । साम्बा, विमाला विक जस्ता प्रतिभावान खेलाडी जन्माउने गण्डकी प्रदेशमा महिला गोल्डकप नहुनु झनै दुखद् पक्ष हो । हामीले अब महिला फुटबलको प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर कदम चालेका छौं ।’

उनका अनुसार यो गोल्डकप पोखराबाट महिला खेलाडी उत्पादन गर्नका लागि समेत आयोजना गर्न लागिएको हो । आर.एस. पोखरा फुटबल क्लबले पछिल्लो समय महिला खेलाडी विकासमा काम गर्दै आइरहेको छ । पोखराबाट पहिलो पटक महिला राष्ट्रिय लिग खेल्न पुगेको थियो । आगामी उदेश्य नै लिग विजेता बन्ने रहेको कार्कीले बताए ।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रवद्र्धकको रुपमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->