पोखरा/नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो ।
वैशाख १५ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगीतर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो ।
तालिमको समापन गर्दैै गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री रेखा गुरुङले खेलकुद क्षेत्रमा मन्त्रालयले साथ र सहयोग गर्ने वताइन । खेल खेलाउने कोचहरुका लागि आयोजित तालिमले आगामी दिनमा तेक्वान्दो खेललाई अफ परिस्कृत बनाउने लैजाने उनको भनाइ रहेको थियो ।
कार्यक्रमले समग्र गण्डकी प्रदेश तथा नेपालको खेलको बिकासका लागि सहयोग पुग्ने नेपाल तेक्वान्दो संघका निवर्तमान उपाध्यक्ष सल्लाहकार हरिश्वर पोख्रेलले बताए । तालिममा अन्तराष्ट्रिय निर्णायक कुमार लामा घिसिङ, अन्तराष्ट्रिय निर्णायक रेखमाया गुरुङ र राष्ट्रिय निर्णायक बलराम लामाले प्रशिक्षण गराएका थिए । तालिममा गण्डकी प्रदेशका ५९ जना कोच तथा खेलाडीहरुको सहभागीता रहेको थियो ।






