शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा युनाइटेड एसईई कप सुरु

पोखरा युनाइटेड एसईई कप सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८३, शनिबार

पोखरा/पोखरा युनाइटेड एसइई कप २०८३ सुरु भएको छ । शनिबारदेखी पोखरा महानगरपालिका १२ भद्रकालीस्थित पोखरा युनाइटे एकेडेमीमा एसइई कप सुरु भएको हो ।

विद्यालयका डाइरेक्टर प्रिन्सिपल बयान बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री टलसिंह थापाले गरेका थिए । कार्यक्रममा देवेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रम सञ्चालन फणिन्द्र राज पौडेलले गरेका थिए ।

एसइई कप अन्तरगत छात्र÷छात्रा भलिबल, हाजिरिजवाफ र बास्केटबलको आयोजना गरिएको हो । प्रतियोगितामा कुल ७० टिमको सहभागी रहेको छ । भलिबलतर्फ ४५ टोली सहभागीमध्ये पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

त्यसैगरी, बास्केटबलतर्फ २५ टोली सहभागीमध्ये पहिलो चरणका सम्पूर्ण खेल सम्पन्न भइसकेका छन् । बास्केटबलतर्फ आज क्वाटरफाइनलका खेलहरू सञ्चालन हुनेछ भने भलिबलतर्फ बाँकी रहेका खेलहरू हुनेछ ।

प्रतियोगिता २१ गतेसम्म आयोजना हुनेछ । भलिबलको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बास्केटबलको विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै हाजिरिजवाफ प्रतियोगिताको विजेताले पाँच हजार र उपविजेता हुने टिमले तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->