पोखरा / गण्डकी प्रदेश तेक्वान्दो संघको पोखरामा आइतबार सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षमा गंगाबहादुर गुरुङ, सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दिक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले प्रदेशमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएको छ ।
पोखराको न्यूरोडस्थित सिटि स्क्वेयर बैंक्वेटमा आइतबार आयोजित अधिवेशनमा नेपाल तेक्वान्दो संघ, गण्डकी प्रदेश खेलकुद परिषद, एशियन तेक्वान्दो युनियन र वर्ल्ड तेक्वान्दोका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।





