शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तेक्वान्दो संघ गण्डकीमा जगन

तेक्वान्दो संघ गण्डकीमा जगन


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८३, सोमबार

पोखरा/गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित भएका छन् । पोखरामा आइतबार भएको संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चुनिएका छन् । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ रहेका छन् ।

संघका उपाध्यक्ष रमेश पौडेलका अनुसार थप उपाध्यक्ष र महासचिव अध्यक्षले पछि चयन गर्ने छन् ।

यसअघि अधिवेशनको उद्घाटन नेपाल तेक्वान्दो संघका सल्लाहकार प्रकाशमशेर राणाले गरेका थिए ।

कार्यक्रममा तेक्वान्दो संघलाई सहयोग गर्ने होटल व्यवसायी कुलबहादुर तामाङ (दोर्जे)लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->