पोखरा/दोश्रो ‘कुमुदिनी होम्स एर्सई कप’ २०८३ आजदेखि सुरु भएको छ ।
एसइई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ पोखराका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष पालिखेले बास्केटबल छात्रतर्फ ३२ टोली, छात्रातर्फ १३ टोली र फुटसलमा ६० वटा टोलीको सहभागिता रहेको जानकारी दिए । ।
छात्र बास्केटबल र फुटसलतर्फ प्रथम हुनेले नगद २०, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ७ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । छात्रातर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।





