शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

पोखरा/स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ ।

स्व. शिव कुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममास्याङ्जाली गायक, रचनाकार तथा संगीतकार लोकनाथ सापकोटालाई पहिलोपटक मणिलोक साहित्य पुरस्कार, पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई रजस्थल युवा प्रतिभा पुरस्कार सम्मान गरिएको हो ।

आँधीखोला –६ फापरथुममा जन्मेका सापकोटालाई लोक गायन क्षेत्रमा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै चुडामणि ढकालले स्थापना गरेको मणि लोक साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।

यस्तै वालिङ–३ माझँकोटका वियोगीलाई साहित्य प्रतिष्ठानले त्रैमासिक साहित्कि पत्रिका रजस्थलेका श्रीबृद्धिका लागि पु¥याएको योगदानको योगदानको उच्च मूल्याङ्कन गर्दै युवा प्रतिभा सम्मान गरिएको हो ।

अधिकारी परिवारले स्थापना गरेको रुक्मागत यशोदा रुवेली साहित्य पुरस्कारबाट पर्वत कुस्माकी सरस्वती शर्मा जिज्ञासु सम्मानित भएकी छन् । सम्मानित तीनै जनालाई १५ हजार रुपैयाँसहित दोसल्ला ओडाएर अग्रज साहित्यकार सरुभक्तले सम्मान गरेका थिए ।

कार्यक्रममा शिव कुमार अधिकारीद्धारा लिखीत ‘शिवकुमार अधिकारीका कविताहरु’ मरणोप्रान्त प्रकाशनमा ल्याइएको हो । शिवकुमार प्रतिष्ठानले प्रकाशनमा ल्याएको कविताहरु १२४ पृष्ठ र तीन खण्ड रहेको गरिएको प्रतिष्ठानका सचिव मिलन समीरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->