बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मतदाता भेट्दै समस्या सुन्दै रास्वपा सांसद बुर्लाकोटी

मतदाता भेट्दै समस्या सुन्दै रास्वपा सांसद बुर्लाकोटी

‘गोरखा-२ मा ६ सय ३८ वटा गाउँ छन्, सबै गाउँ पुग्न नसकिए पनि पालिकाका मुख्य-मुख्य ठाउँमा वैशाखभित्र पुग्ने योजनामा छु’


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

गोरखा / आफ्ना मतदाताका समस्या बुझ्न गोरखा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटी अहिले गाउँगाउँ पुगेका छन् । गोरखा-२ अन्तर्गतका सबै पालिकाका ग्रामीण क्षेत्रमा पुगेर बुर्लाकोटीले स्थानीयसँग भेटघाट गरिरहेका हुन् । ‘मतदातालाई धन्यवाद दिने, उहाँहरूका समस्या सुन्ने, तत्काल समाधान गर्न सकिने भए सहजीकरण पनि गरेको छु,’ उनले भने ।

आइतबार पालुङटार-९ का मतदातासँग भेटघाटमा व्यस्त बनेका बुर्लाकोटी सोमबार पालुङटार-६, ७, ३ र २ नम्वर वडाका गाउँ पुगेर मतदातासँग अन्तरक्रियामा व्यस्त थिए । ‘मतदाताले पूर्वाधार विकासका कुराहरू राख्नुभएको छ, टेलिफोन टावरको समस्यादेखि बाटो, खानेपानी र पुल निर्माणका विषय स्थानीयको माग छ,’ उनले भने ।

पालुङटारको तुरतुरे-राधाकृष्ण मन्दिर सडक खण्ड र मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक निर्माणलाई गति दिन माग गरेको सांसद बुर्लाकोटीले सुनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री समेत रहेका बुर्लाकोटीले निर्वाचिनपछि गोरखा-२ अन्तर्गत अजिरकोट, वारपाक, सुलिकोट गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग अन्तरक्रिया गरिसकेका छन् ।

‘गोरखा-२ मा ६ सय ३८ वटा गाउँ छन्, सबै गाउँ पुग्न नसकिए पनि पालिकाका मुख्य-मुख्य ठाउँमा वैशाखभित्र पुग्ने योजनामा छु,’ उनले भने, ‘मतदाताका गुनासो सुन्ने, तत्कालै समाधान हुने भए समाधानको प्रयास पनि गर्ने गरेको छु ।’

पालुङटार-७ मा सहरी विकास मन्त्रालयले बनाएको प्रयोगविहीन भवनलाई प्रयोगमा ल्याउन पनि यहाँका स्थानीयले माग गरेको उनले सुनाए । सोमबार नै बुर्लाकोटीले आँपपीपल अस्पतालको पनि अवलोकन गरेका छन् । अस्पताल सेवा विस्तार तथा व्यवस्थापनका विषयमा उनले चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->