पोखरा/नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ ।
पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले १० औंं पोखरा स्पोर्टस अवार्डमा प्रायोजनमा रहेर साथ दिने भएको हो ।
फ्रेङ्कलिन इन्टरनेश्नल गु्रपका निर्देशक कमल खड्का र पोखरा स्पोर्टस अवार्ड मुल समारोहका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिँदै छ ।





