शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट शुरु

छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट शुरु


  • ढाेरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

पोखरा/छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट बुधबारबाट शुरु भएको छ । पोखरा–३ नदिपुर भिसि मार्गमा रहेको विद्यालयले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण एसर्ईई स्पोर्टस् फेष्ट आयोजना गरेको हो ।

प्रतियोगिताको पहिलो दिन बुुधबार छात्र भलिवल, छात्रछात्रा बास्केटबलका खेलहरु भएको विद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए ।

खेलअन्तरर्गत छात्र भलिवलतर्फ टिम कोब्रा, श्री राजस्थल, म्याग्दी घारा, निष्पक्ष मावि, टिम शिवालयले पहिलो जित हासिल गरेका छन् । त्यस्तै छात्र बास्केटबलतर्फ टिम काफल डाँडा, रघुगंगा बि, रघुगंगा ए ले पहिला जित हासिल गर्दा छात्रातर्फ नेशनल इन्भेन्टिभले पहिलो जित हासिल गरेको इसिए डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।

बैशाख २५ गतेसम्म सञ्चालन हुने फेष्टमा छात्रछात्रा बस्केटबल, भलिवल र टेवल टेनिसका खेल सञ्चालन हुनेछन् ।

बास्केटबल छात्रतर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने छात्रा तर्फको विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै छात्र भलिबलतर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय १० हजार रुपैयाँ रहेको छ भने छात्रातर्फ क्रमशः १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

त्यस्तै टेवल टेनिसतर्फ छात्रछात्रा एकल विधामा प्रतिस्पर्धा हुनेछ । जहाँ विजेताले ५ हजार र उपविजेताले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको प्रशासक चित्र गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->