पोखरा/त्रिशक्ति युनाइटेड क्लबको आयोजनामा आगामी २६ गतेबाट चौथो संस्करणको माछापुच्छे« कप फुटबल प्रतियोगिता हुने भएको छ ।
माछापुच्छ«े गाउँपालिका ४ स्थित लाहाचोकको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताबारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले चार वर्ष प्रतियोगिता रोकिएको सुनाए । उनले क्लबका साथिभाइ वैदेशिक रोजगारमा गएका र आर्थिक अवस्था कम्जोर भएकाले प्रतियोगिताको आयोजना गर्न नसकिएको सुनाए ।
प्रतियोगितमा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने उनले बताए । ‘विभिन्न कारणले प्रतियोगिता चार वर्ष रोकियो यस पटक हामीले प्रतियोगिता गर्ने गरि तयारी ग¥यौ’ उनले भने, ‘अब खेल खेलाउन मात्रै बाँकी छ, तयारी पुरा भइसकेको छ ।’
प्रतियोगिताको संरक्षकमा रहेको माछापुच्छे्र गाउँपालिका ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले वडाले आफुले सकेको सहयोग प्रतियोगितालाई गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुदमा स्थानीय युवाहरुको प्रतिभा प्रस्फुटन गर्न मद्धत गर्ने सुनाउँदै प्रतियोगितालाई अब निरन्तरता दिनका लागि समेत आग्रह गरे ।
प्रतियोगिताको विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता वैशाख २६ देखी २९ गतेसम्म सञ्चालन हुनेछ ।





