बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिमाञ्चलमा ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पश्चिमाञ्चलमा ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण


  • ढाेरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसईई दिएका ५० जना छात्रछात्रा सहभागि थिए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शनिबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।

‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए । उनीहरुलाई होटल व्यवस्थापन र हस्पिटालिटी क्षेत्रबारे सीप सिकाइएको छ,’ उनले भने, ‘फुर्सदमा केही न केही सीप सिक्दा छात्रछात्रालाई फाइदा नै हुन्छ । उनीहरुले सिकेको सीपलाई घरमै पनि उपयोग गर्न सक्छन ।’ प्रशिक्षणले खाना पकाउने र पस्किनेबारे थोरै भएपनि ज्ञान दिलाउने उनले बताए ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहभागि गराएर व्यस्त बनाएको बताए । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी यो प्रशिक्षणमा सहभागि थिए । ‘विद्यार्थीलाई दिइएको यो अभिमुखिकरणले उनीहरुलाई लाभ दिएको छ,’ उनले भने ।

पश्चिमाञ्चल माविका होटल व्यवस्थापन विषयका शिक्षक जितेन्द्र थापाले विद्यार्थीले होटल र रेस्टुरेन्टको भान्सादेखि पाहुनालाई कसरी सेवा दिने भनेर सिकेको बताए । ‘पछिल्लो पुस्ता आफ्नै घरको भान्सामा समेत हत्तपत्ति जान चाँहदैन । भान्सामा तयार भएको खानालाई कसरी पस्कने भन्ने पनि थाहा छैन । आतिथ्यताबारे पनि अहिलेको पुस्ता जानकार छैन,’ उनले भने, ‘कम्तिमा भान्सामा तयार भएको परिकार पस्कन र आतिथ्यता प्रदान गर्ने सीप बढ्नु पनि राम्रो हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->