बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मार्गदर्शन एकेडेमी २५ औँ वर्षमा, अध्ययनमा २५ प्रतिशत छुट

मार्गदर्शन एकेडेमी २५ औँ वर्षमा, अध्ययनमा २५ प्रतिशत छुट


  • ढाेरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार

पोखरा/मार्गदर्शन एकेडेमीले रजत वर्ष मनाइरहेको छ । रजत जयन्तीको अवसरमा प्लस टु सकेका विद्यार्थीलाई भर्ना गर्दा २५ प्रतिशत छुट प्राप्त गर्नेछन् । २५ वर्षअघि ५ जना विद्यार्थीबाट सुरु भएको एकेडेमी अहिले हजारौँ विद्यार्थीको शैक्षिक यात्रामा मार्गदर्शक बन्न सफल भएको छ ।

संस्थाका प्रमुख पुरन श्रेष्ठले एकेडेमीले विद्यार्थीलाई उच्च शिक्षाको निम्ति बाटो देखाउने काम गरेको बताए । मार्ग भनेको बाटो र दर्शन भनेको देखाउने काम रहेको बताउँदै ब्रिज कोर्समार्फत विद्यार्थीलाई एक तहबाट अर्को तहमा लैजाने पुलको काम गरेको उनले बताए ।

उनले संस्थाले नाम अनुसारको काम गर्दै आएको बताउँदै सेवा मुख्य लक्ष्य बनाएर अगाडि बढेको बताए । उनका अनुसार पिसिएल, ब्याचलर र अन्य कार्यक्रममार्फत १८ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भइसकेका छन् । संस्थाले गुणस्तरीय शिक्षा, शान्त र रमणीय वातावरण, स्मार्ट बोर्डसहितका कक्षाकोठा तथा आफ्नै होस्टलको सुविधा प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

स्थापनापछि पहिलो वर्ष अमरसिंह स्कुलमा सञ्चालन गरिएको एकेडेमी त्यसपछि नयाँबजारस्थित महेन्द्र माध्यमिक विद्यालयमा तीन वर्ष सञ्चालन भयो ।

त्यसपश्चात महेन्द्रपुलमा दुई वर्ष सेवा दिएपछि पुनः नयाँबजारमै १२ वर्ष सम्म सञ्चालन गरिएको थियो । २०७६ सालदेखि भने पोखराको रानिपौवामा आफ्नै सुविधा सम्पन्न भवन एसी युक्त कक्षाकोठा, स्मार्ट बोर्ड तथा डिजिटल मल्टिमिडियाबाट तथा होस्टलसहित अध्यापन हुँदै आएको छ ।

तर पछिल्ला वर्षहमा सरकारी नीतिमा आएको परिवर्तन र जीपीए प्रणालीका कारण विद्यार्थीहरु प्रभावित भएको उनको भनाइ छ । लगनशील र मेहनती भएर लागेमा सफल हुने उनको भनाइ छ। एकपटकको परीक्षाको नतिजाले समग्र भविष्य निर्धारण गर्ने वर्तमान प्रणालीले विद्यार्थीमाथि अन्याय भएको उनको धारणा छ ।

विशेषगरी प्राविधिक तथा स्वास्थ्य विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु एसईई पछि जिपिएको आधारमा छोनोटले पढने बिद्यार्थी र बिज्र कोर्स संचालकहरु मारमा परेको सञ्चालक श्रेष्ठले बताए ।

‘पहिले हजारौँ विद्यार्थी सहभागी हुने क्षेत्र अहिले संकटमा छ । धेरै संस्था बन्द हुने अवस्थामा पुगेका छन् । शिक्षक तथा कर्मचारीले रोजगारी गुमाउने जोखिम बढेको छ,’ उनले भने ।

केही संस्थाले अनलाइन फाराम भर्ने नाममा अत्यधिक शुल्क लिने प्रवृत्ति बढ्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे । मार्गदर्शन एकेडेमीले भने न्यूनतम शुल्कमै सेवा प्रदान गर्दै आएको उनले दाबी गरे ।

उनी थप्छन् “यो भुलभुलैयामा धेरै भन्दा धेरै प्सटु गरेका विद्यार्थीहरु राजधानी तिरै पुगेर ब्रिज कोर्ष गर्न जान्छन् र कमजोर, आर्थिक अवस्था एवंम घर छोड्न नचाहनेहरू मात्र पोखरामा रहँदा पनि अक्सर काठमाडौं पुग्नेलाई भन्दा पोखरामै रहनेले टपेको पनि पाइन्छ। पढ्ने तिनीहरूले कोर्स जहाँ गएर पढे पनि राम्रो पढ्छु भन्नेले पोखरा छोड्नै पर्दैन । उनले झमक कुमारी अल्वर्ट आइन्स्टाइन आदि महान व्यक्तिको उदाहरण दिँदै भन्छन् कि अहिले गौणको कुरा गर्ने हो भने ठाउँ परिवर्तन होइन, कार्यशिलताका साथ मस्तिष्क परिवर्तन गर्ने हो भने सफलता खोज्न अन्त कतै भौंतारिनु पर्दैन पोखरानै उपयुक्त छ ।

पछिल्लो समय नयाँ सरकार गठन सगैँ परिमाजित नियमले सिइइ परिक्षा र एनएलइएन परिक्षा प्रदेश स्तरिय भएको खण्डमा सवै अभिभावकलाई सहुलियत र खर्च कम हुने सञ्चालक श्रेष्ठको दावी छ ।

सञ्चालक श्रेष्ठले विद्यार्थीलाई संस्था छनोट गर्दा कक्षाको वातावरण, शिक्षकको गुणस्तर र सेवा हेरेर निर्णय गर्न सुझाव दिए । साथै शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्न सरकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->