शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा मुल्मी

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा मुल्मी


  • ढाेरपाटन संवाददाता
  • बैशाख २७ २०८३, आइतबार

पोखरा/गण्डकी स्पोर्टस क्लबको दीपकराज मुल्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्ष कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित, द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा, सचिव चेतनाथ चालिसे, सह–सचिव बिक्की गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन् ।

यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन् ।

२०५३ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->