पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा पोखरा–२९ भण्डारढिकस्थित जनप्रकाश माविबाट जुम्ल्याहा दिदीबहिनीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
भण्डारढिकका शालिक सुवेदी र भगवती सुवेदीका जुम्ल्याहा छोरीहरु दिव्या र दिपीका सुवेदीले ४ जिपिए ल्याएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८२ को एसईईको नतीजा सार्वजनिक गरेको थियो ।
उक्त विद्यालयबाट ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ जनाले ए प्लस, १० जनाले ए सहित ५८ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको प्रधानाध्यापक शेखरनाथ शर्माले जानकारी दिए । २०४९ सालदेखि एसइई परीक्षा दिदै आएको जनप्रकाश मावि पछिल्लो समय सामुदायिक विद्यालयमा पोखरा क्षेत्रकै रोजाइको स्कुलमा पर्न सफल भएको छ ।
४ जिपिए ल्याउन सफल दिब्या र दिपिकाले भविष्यमा स्वदेशमै रहेर देश र जनताको स्वास्थ्यमा सहयोग पु¥याउने गरि डाक्टर बन्ने इच्छा रहेको बताए ।




