पोखरा/जनप्रिय मावि सिमलचौरबाट एसइई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरेको छ । १ हजार ६५५ जना विद्यार्थी अध्ययनरत जनप्रिय माविमा ३ दशमलव ९५, ३ दशमलव ९१ जीपीसहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए ।
विद्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन गर्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले कम्प्युटर सीप सिकेर रोजगारको अवसर सिर्जना गर्न जनप्रिय माविले गरेको प्रयास सफल भएको बताए ।
विद्यालयले यसै शैक्षिक सत्रदेखि ३० जना विद्यार्थीलाई कम्प्युटर कक्षा थालनी गरेको छ । आइटीको परिवेशमा इच्छुक विद्यार्थीले २ वर्षसम्म पढेर आर्जन गरेको ज्ञान सिधै रोजगारसँग जोडिने अध्यक्ष बरालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यालयले सिकाएको सीप जीवनपयोगी भएपनि पूर्ण व्यवहारिक नभएको बताए ।
शिक्षक श्रीकान्त पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रअ देविप्रसाद वस्ताकोटीले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए ।




