शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अमेरिकामाथि नेपालको सानदार जित

अमेरिकामाथि नेपालको सानदार जित


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २ २०८३, शनिबार

काठमाडौं/आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा अमेरिकाविरुद्व नेपालले सानदार जित निकालेको छ । त्रित्रि मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो ।

१ सय ९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट गुमाएर ८० बल बाँकी छँदै भेट्टायो । नेपाललाई सहजै जित दिलाउन ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले । उनी १ सय २० रनमा अविजित रहे । १ सय १८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

एक दिवसीय खेलमा भुर्तेलको यो व्यक्तिगत उच्च स्कोर हो । उनले यसै मैदानमा १४ फेब्रुअरी २०२३ मा ओमानविरुद्ध १ सय १५ रन बनाएका थिए ।

पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->