बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८३, सोमबार

पोखरा/पोखरा ३२ मा रहेको ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ । विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

कार्यक्रममा पोखरा ३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीलाई बधाइसहित र मायाको चिनोले सम्मान गरेका थिए ।

सो अवसराम बोल्दै प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गरे ।

वडा सदस्य शोभा विकले विद्यालयको रिजल्टले नै विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने बताउँदै आगामी दिनमा पनि उत्कृट रिजल्ट ल्याउनका लागि शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->