शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अमेरिकामाथि नेपालको सानदार जित

अमेरिकामाथि नेपालको सानदार जित


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौं/आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले हराएको छ । ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १ सय २२ रनको सानदार जित निकालेको हो ।

शुक्रबार कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा ३ सय १७ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतक बनाए ।

लिग–२ को तालिकामा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ । समान २८ खेल खेलेको नेपाल २४ अंकसहित पाँचौ स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->