आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जहाँ प्रकृतिले पनि सिकाउँछ

जहाँ प्रकृतिले पनि सिकाउँछ

धवलागिरी प्राविधिक शिक्षालयले सीपमुखी शिक्षामा जोड दिएको छ । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउँछन् । ‘प्रयोगात्मक पढाइले रोजगारी दिन्छ, बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ,’त्यहाँ अध्यनरत विद्यार्थी सञ्जय तामाङ भन्छन् ।


  • अमृत बास्कुने
  • जेष्ठ १३ २०८३, बुधबार
???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

म्याग्दी/नेपालका धेरै शैक्षिक संस्था सहरको भीडभाड र कोलाहलबीच सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू पढाइभन्दा बढी सामाजिक सञ्जाल, अनावश्यक घुमफिरमा अल्झिने समस्या बढ्दो छ । हिमालको काखमा शान्त वातावरणमा प्राविधिक शिक्षा लिन चाहनेहरुका लागि मुस्ताङको लेतेमा रहेको धवलागिरि प्राविधिक शिक्षालय विकल्प बनेर उभिएको छ ।

लेते यस्तो ठाउँ हो, जहाँ प्रकृतिले पनि सिकाउँछ । मुस्ताङको प्रवेशद्वार मानिने लेते प्रकृतिले उदारतापूर्वक सजाएको क्षेत्र हो । यहाँबाट देखिने हिमश्रृंखलाले जो कोहीलाई मोहित बनाउँछ । २०५३ सालमा औपचारिक शुभारम्भ भएको धवलागिरी प्राविधिक शिक्षालय बिहानको घामसँगै चम्किने अन्नपूर्ण, नीलगिरि र धवलागिरी क्षेत्रका हिमशिखरहरूले विद्यार्थीलाई नयाँ ऊर्जा दिन्छन् । अध्ययनको तनाव कम गर्न प्रकृतिको निकटता महत्वपूर्ण मानिन्छ । त्यस हिसाबले लेतेमा अध्ययन गर्ने विद्यार्थीहरू पुस्तकका पानासँगै प्रकृतिको कक्षाबाट पनि धेरै कुरा सिक्ने अवसर पाउँछन् ।

पर्यटनतर्फ १ वर्षे लज, होटल कुकिङ, १ वर्षे लज, होटल व्यवस्थापन र ६ महिने लज होटल बेटिङ÷बार÷हाउस किपिङ तालिमबाट प्राविधिक शिक्षा दिन सुरु गरेको शिक्षालयले पशु स्वास्थ्य कार्यक्रम, पर्यटनतर्फ प्रि–डिप्लोमा इन कुलिनरी आर्टस, कृषितर्फ बाली विज्ञान र होटल व्यवस्थापनमा ३ वर्षे प्रि–डिप्लोमाका कक्षाहरु पनि संचालन गरिरहेको छ ।

१८ महिने होटल व्यवस्थापन र १८ महिने कुलिनरी आर्टसको प्राविधिक शिक्षा, १८ महिने बाली विज्ञान र पशु विज्ञानको प्राविधिक शिक्षा पनि यसका विशेषता हुन् ।

पर्यटकहरूका लागि समेत आकर्षक गन्तव्य मानिने लेते वर्षभरि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने क्षेत्र हो । प्राकृतिक दृश्यावलोकन, पदयात्रा र हिमाली संस्कृतिको अनुभव लिन आउने पर्यटकका कारण यहाँको वातावरण जीवन्त देखिन्छ । विद्यार्थीहरूलाई पर्यटन, आतिथ्य सेवा र स्थानीय सम्भावनाबारे प्रत्यक्ष ज्ञान प्राप्त गर्ने अवसर समेत मिल्छ निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनको भनाइ छ ।

पर्यटकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको योजना अनुसार अन्नपूर्ण आरोहण यात्राको ऐतिहासिक मार्ग लेतेको महत्व केवल सुन्दर दृश्यमा सीमित छैन । नेपालको पर्वतीय पर्यटन इतिहाससँग समेत यसको गहिरो सम्बन्ध छ । विश्वप्रसिद्ध अन्नपूर्ण हिमाल आरोहणका लागि प्रस्थान गर्ने मार्गमध्ये महत्वपूर्ण बिन्दुका रूपमा लेते परिचित छ । विश्वभरका साहसी आरोही र पदयात्रीहरू यही क्षेत्र हुँदै अन्नपूर्ण हिमाल आसपासका गन्तव्यतर्फ प्रस्थान गर्ने गरेका छन् । त्यसैले लेतेमा अध्ययन गर्ने विद्यार्थीले विश्व पर्यटनको धड्कन नजिकबाट अनुभव गर्न सक्छन् ।

कक्षाकोठाभित्र सिकाइने सिद्धान्त र बाहिर देखिने वास्तविकता बीचको सम्बन्ध बुझ्न यस्तो वातावरणले महत्वपूर्ण योगदान पु¥याउँने शिक्षालयका प्रमुख खड्गबहादुर सुब्बाले बताए ।

अध्ययनका लागि पनि निकै उपयुक्त छ लेते । शिक्षाविद्हरूका अनुसार अध्ययनमा सफलता हासिल गर्न राम्रो शिक्षक र पाठ्यक्रम मात्र पर्याप्त हुँदैन । अध्ययनमैत्री वातावरण पनि उत्तिकै आवश्यक हुन्छ । लेतेमा विद्यार्थीलाई पढाइमा केन्द्रित हुन सहज बनाउने वातावरण उपलब्ध छ । सहरमा जस्तो अत्यधिक भीडभाड छैन । अनावश्यक मनोरञ्जन केन्द्रहरूको दबाब छैन । ‘खेलकुदका लागि भलिबल तथा फुटबल ग्राण्डको राम्रो व्यवस्था छ । बाहिरी प्रदूषण न्यून छ, सामाजिक विचलनका सम्भावना कम छन् । सम्पूर्ण रुपमा पूर्ण प्रयोगात्मक अभ्यास हुने भएकोले पनि लेतेमा पढ्न निकै रमाइलो छ,’ विद्यार्थी समिर थापा भन्छन् ।

विद्यार्थीहरू नियमित अध्ययन, प्रयोगात्मक अभ्यास र आत्मविकासका गतिविधिमा सहभागी हुन सक्ने वातावरण पाउँछन् ।

धवलागिरी प्राविधिक शिक्षालयले पनि यही वातावरणलाई उपयोग गर्दै अनुशासित र गुणस्तरीय शिक्षण प्रणाली विकास गर्ने प्रयास गरिरहेको छ । यहाँ विद्यार्थीलाई केवल पाठ्यपुस्तकका विषयवस्तु पढाइँदैन, जीवन र पेशामा आवश्यक सीप पनि सिकाइन्छ । आज अधिकांश अभिभावकको ठूलो चिन्ता शैक्षिक शुल्कभन्दा पनि दैनिक जीवनयापन खर्च बनेको छ । सहरका कलेजमा अध्ययन गर्ने विद्यार्थीले खानपिनमै मासिक हजारौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।

तर, धवलागिरी प्राविधिक शिक्षालयमा विद्यार्थीलाई प्रतिछाक केवल ४७ रुपैयाँ प्रतिछाकमा भोजन उपलब्ध गराउने व्यवस्था गरिएको छ । बढ्दो महँगीका बीच यस्तो व्यवस्था विद्यार्थी र अभिभावक दुवैका लागि राहतको विषय बनेको छ ।

सन्तुलित भोजन, नियमित व्यवस्थापन र न्यून खर्चले विद्यार्थीलाई आर्थिक बोझ कम गर्दै अध्ययनमा केन्द्रित हुन सहयोग पु¥याउँछ । सीमित आर्थिक अवस्था भएका परिवारका लागि यो विशेष आकर्षणको विषय मानिएको छ । सुरक्षित छात्रावास ः छात्र र छात्राका लागि छुट्टाछुट्टै व्यवस्था शिक्षालयमा रहेको छ ।

धवलागिरी प्राविधिक शिक्षालयले सीपमुखी शिक्षामा जोड दिएको छ । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउँछन् । ‘प्रयोगात्मक पढाइले रोजगारी दिन्छ, बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ,’त्यहाँ अध्यनरत विद्यार्थी सञ्जय तामाङ भन्छन् ।

बागलुङबाट पढ्नका लागि लेते पुगेकी करुणा थापाका अनुसार न्यून खर्च र रोजगारीको ग्यारेण्टी यो शिक्षालयको विशेषता हो । उनी भन्छिन््, ‘म अहिले चौथो सेमेस्टरमा पढ्छु । मभन्दा अगाडीको ब्याचका १६ मध्य १५ जना रोजगारमा आबद्ध छन् । एक जना विदेश जाने भनेरमात्रै खालि बसेका छन् । त्यसैले यहाँ पढ्दापढ्दै नै स्वरोजगार बन्न सकिने भएकाले पनि मेरो ध्यान यतातिर लागेको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->