शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बालोदयलाई वडाध्यक्ष कपको उपाधि

बालोदयलाई वडाध्यक्ष कपको उपाधि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा/गतवर्षको उपविजेता एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई फाइनल खेलमा पराजित गर्दै पोखरा १७ मा रहेको बालोदय बोर्डिङ स्कूलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा बालोदयले पार्दीको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई ३—० को गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा ढुङ्गेसाँघु बोर्डिङ स्कूल तेश्रो भएको छ । तेश्रो स्थानको लागि आइतबार भएको खेलमा ढुङ्गेसाँघु बोर्डिङ स्कूलले स्पाइरल ग्यालेक्सीलाई २—० ले पराजित गर्दै तेश्रो भएको हो । प्रतियोगितामा पोखरा १७ का १९ वटा निजी तथा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक विकास रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->