काठमाडौं/नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो ।
जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय आठ रनमा समेटियो । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७५ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले विष्फोटक शतक प्रहार गर्नुभयो । कुशलले सर्वाधिक एक सय २६ रन बनाए । पहिलो जितसँगै नेपालले एसियन गेम्समा स्थान बनाई सकेको थियो । नेपालसँग पराजित मलेसियाले पनि यसअघिनै एसियन गेम्समा स्थान बनाई सकेको छ । लगातार दोस्रो हार खेपेको चीन बाहिरिएको थियो ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।





