गोरखा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् ।
अधिवेशनमा २८४ मत खसेकोमा सभापतिमा १७६ मतसहित क्षेत्री विजयी भए। उनका प्रतिस्पर्थी ध्रुव अधिकारीले १०५ मत पाए । क्षेत्री यस अघि पनि अध्यक्ष थिए ।
उपसभापतिमा १६९ मतसहित सुकबहादुर तामाङ विजयी भए भने भेषबहादुर खड्काले १०५ मत ल्याएका थिए। सचिव मिलन राना निर्विरोध चयन भए। सहसचिवमा १५० मतसहित योगेन्द्रजङ्ग बस्नेत निर्वाचित भए भने राजेश्वर अंगाईले १२२ मत ल्याए। खुला सदस्य पुरुषतर्फ सुमित गुरुङ निर्वाचित भए।





