बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला

रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

तनहुँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार सम्पन्न पहिलो अधिवेशनमा बास्तोलाले १ सय ८७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी डा शेषरमण न्यौपानेले ६४ मत मात्र पाए ।

उपसभापतिमा विष्णुबहादुर पन्तले १३१ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १ सय २४ मत ल्याए । सहसचिवमा दुर्गाकुमार श्रेष्ठ मात्र १ मतको अन्तरले विजयी बने । श्रेष्ठले १ सय २७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी पदमबहादुर सुनारले १ सय २६ मत प्राप्त गरे ।

सचिवमा अनिल श्रेष्ठ निर्विरोध भए । सदस्यहरु सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, केशबहादुर थापा, शशी रुपाखेती र सुन्दर बस्याल सर्वसम्मत् रुपमा चुनिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->