जेन–जी आन्दोलन पछिको कुरा हो । कुनै विद्यार्थीको कक्षा कोठाको ठिक बाहिर म थिए । उनी कक्षा कोठामा प्रवेश गर्न लागे र साथीलाई सोधे– ‘सर आए ?’ त्यही कक्षामा शिक्षक जानुभयो र अध्ययन अध्यापन शुरु भयो अनि म त्यो दृश्य नियालीरहेको थिए । त्यो विद्यालय एक ख्याती प्राप्त थियो । प्रसंग यति मात्र थिएन, यहाँ त अरु नै थियो । के आन्दोलन पछिको माहौलमा नैतिक शिक्षामा कमि भएको हो ? वा शिक्षा प्रणाली नै कमजोर धरातलमा उभिएको हो ? यो विषयको उत्तर खोज्न समय त लाग्यो तर किन र कसरी ?
कक्षामा ढिलो सिक्ने विद्यार्थीको व्यवस्थापन शिक्षकको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये एक हो । जसलाई नैतिक धरातलले असर पारेको हुन्छ । प्रत्येक कक्षामा फरक–फरक क्षमता, रुचि, पारिवारिक पृष्ठभूमि र सिकाईको गति भएका विद्यार्थीहरू हुन्छन् तर यहाँ फरक तरिकाले अध्ययन गरौँ । केही विद्यार्थीहरूले नयाँ अवधारणा छिट्टै सिक्छन् र शैक्षिक र नैतिक गतिविधिहरूमा राम्रो प्रदर्शन गर्छन् भने केही विद्यार्थीहरूलाई त्यही कुरा बुझ्न बढी समय, दोहो¥याई र मार्गदर्शन आवश्यक पर्छ । यस्ता विद्यार्थीहरूलाई सामान्यतया ढिलो सिक्ने विद्यार्थी भनिन्छ । उनीहरू सिक्न नसक्ने होइनन्, तर आफ्ना साथीहरूको तुलनामा अलि ढिलो गतिमा सिक्ने गर्छन् र पनि यहाँ कुरा गर्न अति सजिलो छ तर व्यवहारमा उतार्न वा कक्षाकोठामा लागु गर्न पनि । यस्ता विद्यार्थीहरूको प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ । ताकि उनीहरूले समान शैक्षिक अवसर प्राप्त गर्न सकून् जुन नैतिक धरातलमा रहेको होस् र आफ्ना क्षमताप्रति आत्मविश्वास विकास गर्न सकून् । ढिलो सिक्ने विद्यार्थीहरूको आवश्यकता बुझ्ने शिक्षकले उनीहरूलाई सफल बन्न र सिकाई प्रक्रियामा सक्रिय सहभागी हुन सहयोग गर्ने वातावरण सिर्जना गर्न सक्छन् । यो मान्यता र परिकल्पना हो, केही सत्य पनि हो । सबै विद्यार्थीलाई सधैँ उत्प्रेरणा र अतिरिक्त कक्षाले प्रभाव नपार्न सक्छ ।
यहाँ प्रश्न यो विषयमा आयो शिक्षकलाई ढिलो सिक्ने विद्यार्थीहरूले प्रायः पाठ बुझ्न, जानकारी सम्झन, निर्देशन पालना गर्न तथा तोकिएको समयमा काम पूरा गर्न कठिनाइ अनुभव गर्छन् । तर, आधुनिक डिजिटल युगमा छौँ हामी के सिकाउने । समग्रमा त्रुटि हो वा सञ्चार माध्यममा र सामाजिक सञ्जाल वा अनलाइन गेमिङमा । उनीहरूलाई पढाई, लेखाई, गणित तथा समस्या समाधान सम्बन्धी कार्यहरूमा चुनौती हुन सक्छ तर अन्य विषयमा होइन् । यसको परिणामस्वरूप उनीहरूमा निराशा, चिन्ता तथा आत्मविश्वासको कमी देखिन सक्छ । यदि यस्ता कठिनाइहरूलाई समयमै सम्बोधन गरिएन भने उनीहरूले पढाइप्रति रुचि गुमाउन सक्छन् र विद्यालयप्रति नकारात्मक धारणा विकास गर्न सक्छन् । के यहि अवस्था विकास भएको हो त ? त्यसैले शिक्षकहरूले उनीहरूको आवश्यकता पहिचान गरी प्रभावकारी सिकाईका लागि उपयुक्त रणनीतिहरू अपनाउन आवश्यक हुन्छ । उचित व्यवस्थापनमा धैर्यता, समझदारी, प्रोत्साहन तथा व्यक्तिगत भिन्नतालाई सम्मान गर्ने शिक्षण विधिहरूको प्रयोग समावेश हुन्छ, यो नीतिगत धारणा मात्र हो वास्तविकता भने फरक छ र हुन्छ पनि ।
ढिलो सिक्ने विद्यार्थीहरूको व्यवस्थापनको पहिलो चरण भनेको उनीहरूको सबल र दुर्बल पक्ष पहिचान गर्नु हो । प्रत्येक बालबालिका अद्वितीय हुन्छ र फरक–फरक क्षमता राख्छ । कुरा सत्य हो तर कसरी त्यसको प्रस्फुटन गर्ने भन्ने अर्को पक्ष हो । केही विद्यार्थीहरू शैक्षिक विषयमा कमजोर भए पनि कला, संगीत, खेलकुद वा व्यवहारिक कार्यमा उत्कृष्ट हुन सक्छन् । शिक्षकले विद्यार्थीहरूको प्रदर्शन, व्यवहार तथा कक्षागत सहभागितालाई ध्यानपूर्वक अवलोकन गर्नुपर्छ । यो सिद्धान्त हो तर व्यवहारमा भैतिक पक्ष र जनशक्तिको अभाव अहिले पनि हो हाम्रो देशमा । अवलोकन, मूल्याङ्कन तथा अभिभावक र विद्यार्थीहरू सँगको अन्तरक्रियाबाट शिक्षकले सिकाईमा असर पार्ने कारणहरू बुझ्न सक्छन् तर वातावरण सधैँ तरल नहुन सक्छ यो अड्चन पनि हो । एकपटक विद्यार्थीलाई कुन क्षेत्रमा सहयोग आवश्यक छ भन्ने पहिचान भएपछि उपयुक्त हस्तक्षेप योजना बनाउन सकिन्छ तर अनावश्यक हस्तक्षेप भने होइन् ।
ढिलो सिक्ने विद्यार्थीहरूको सफलताका लागि सकारात्मक र स्वागतयोग्य कक्षाकोठा वातावरण सिर्जना गर्नु अत्यन्त आवश्यक छ । विद्यार्थीहरूले आफूलाई सुरक्षित, सम्मानित र मूल्यवान् महसुस गर्दा राम्रोसँग सिक्छन् । के यो हो समान व्यवहारको व्यवस्था गर्न कति सम्भव र कति असम्भव हो त ? शिक्षकले यस्ता विद्यार्थीहरूसँग दयालु व्यवहार गर्नुपर्छ र उनीहरूलाई अरूसँग तुलना गर्नु वा आलोचना गर्नु हुँदैन तर विद्यार्थी पनि समाज र संस्कृतीको पाटो हो नै अनि समय सीमाप नि निर्धारण गरिएकै छ पनि । नकारात्मक टिप्पणी र उपहासले विद्यार्थीको आत्मविश्वास र उत्प्रेरणामा गम्भीर असर पार्न सक्छ र दण्ड पनि यसको पक्ष हो । यसको सट्टा शिक्षकले उनीहरूको प्रयासको प्रशंसा गर्नुपर्छ र सहभागितालाई प्रोत्साहन गर्नुपर्छ । जब विद्यार्थीहरूले आफूलाई स्वीकार गरिएको र सहयोग प्राप्त भएको महसुस गर्छन्, उनीहरू सिकाई गतिविधिहरूमा बढी सक्रिय बन्छन् कि ? यहि पक्षलाई अंगाल्दै जाने प्रणालीको विकास कुन हदसम्म जाने ?
ढिलो सिक्ने विद्यार्थीहरूलाई पढाउँदा धैर्यता सबैभन्दा महत्वपूर्ण गुण हो । यस्ता विद्यार्थीहरुलाई नयाँ अवधारणा बुझ्न र कार्य सम्पन्न गर्न अतिरिक्त समय आवश्यक पर्छ । शिक्षकले उनीहरूलाई हतार गराउनु हुँदैन र अभ्यासका लागि पर्याप्त अवसर उपलब्ध गराउनुपर्छ । दोहो¥याई पनि अत्यन्त आवश्यक हुन्छ, किनकी ढिलो सिक्ने विद्यार्थीहरूले कुनै जानकारी राम्रोसँग बुझ्न धेरै पटक सुन्न वा अभ्यास गर्नुपर्ने हुन सक्छ, जसका लागि समय सिमाको अन्त्य गरौँ । नियमित पुनरावलोकन र फरक–फरक तरिकाले प्रस्तुत गरिएका सामग्रीहरूले उनीहरूको बुझाई र स्मरणशक्तिलाई बलियो बनाउँछन् । धैर्यताले विद्यार्थीलाई दबाब वा निराशा महसुस नगरी आफ्नै गतिमा प्रगति गर्न मद्दत गर्दछ ।
सरल र स्पष्ट भाषाको प्रयोग पनि प्रभावकारी रणनीति हो । जटिल व्याख्या र लामो निर्देशनले विद्यार्थीहरूलाई अन्योलमा पार्न सक्छ । शिक्षकले परिचित शब्दावली र छोटा वाक्य प्रयोग गरी स्पष्ट रूपमा पाठ प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता भए पनि व्याख्यात्मक व्यवस्थमा यो सधैँ लागु नहुन सक्छ अनि सिकाई पनि । निर्देशनहरू चरणबद्ध रूपमा दिनुपर्छ र विद्यार्थीलाई नबुझेको अवस्थामा प्रश्न सोध्न प्रोत्साहित गर्नुपर्छ । दृश्य सामग्री, प्रदर्शन तथा व्यवहारिक उदाहरणले पनि कठिन अवधारणालाई सजिलै बुझ्न मद्दत गर्छन् । जब पाठ व्यवस्थित र स्पष्ट रूपमा प्रस्तुत गरिन्छ, विद्यार्थीहरूले त्यसलाई राम्रोसँग ग्रहण गर्न सक्छन् । यो त परम्परागत प्रणालीमा आधार हो यसको आधुनिक मोडेल कस्तो प्रारुपमा हुने वा स्वरुपमा ।
व्यक्तिगत शिक्षण ढिलो सिक्ने विद्यार्थीहरूको सहयोगका लागि अत्यन्त महत्वपूर्ण हुन्छ मानौँ तर पाठ्यक्रमले त्यो व्यवस्था मिलाएको छ त ? सबै विद्यार्थीहरूको सिकाई आवश्यकता फरक हुने भएकाले एउटै शिक्षण विधि सबैका लागि प्रभावकारी नहुन सक्छ त्यसको विकल्प के यो कुराको मार्गनिर्देश हुन पनि जरुरी होला । शिक्षकले व्यक्तिगत भिन्नतालाई ध्यानमा राखेर आफ्नो शिक्षणशैली समायोजन गर्नुपर्छ जसका लागि पाठ्यक्रमको बोझ पनि पेचिलो विषय हो कि ? केही विद्यार्थीहरूलाई व्यक्तिगत सहयोग आवश्यक हुन सक्छ भने केहीलाई समूहगत गतिविधि वा व्यवहारिक अनुभवबाट बढी लाभ हुन सक्छ । फरक–फरक स्तरका कार्यहरू प्रदान गरेर शिक्षकले विद्यार्थीहरूको क्षमता अनुसार सिकाइको अवसर दिन सक्छन् तर फेरी पाठ्यक्रमको विषय आउँछ र परिणामको पनि । यसले उनीहरूलाई सफलता अनुभव गर्न र आत्मविश्वास बढाउन मद्दत गर्दछ ।
उत्प्रेरणा पनि ढिलो सिक्ने विद्यार्थीहरूको व्यवस्थापनमा महत्वपूर्ण पक्ष हो । बारम्बार असफलता अनुभव गर्ने वा साथीहरूको गतिसँग मेल खान नसक्ने विद्यार्थीहरू सजिलै निरुत्साहित हुन सक्छन् खेल खरायो र कछुुवाको कथा जस्तो हुन्छ र छ पनि । शिक्षकले यथार्थपरक लक्ष्य निर्धारण गर्न र साना उपलब्धीहरूको पनि उत्सव मनाउन मद्दत गर्नुपर्छ । प्रशंसा, पुरस्कार र मान्यताजस्ता सकारात्मक प्रोत्साहनहरूले विद्यार्थीलाई निरन्तर प्रयास गर्न प्रेरित गर्छन् । जब विद्यार्थीहरूले आफ्ना प्रयासको कदर भएको महसुस गर्छन्, उनीहरू थप आत्मविश्वासी बन्छन् र कक्षागत गतिविधिहरूमा सहभागी हुन इच्छुक हुन्छन् । सक्रिय सिकाई विधिहरू ढिलो सिक्ने विद्यार्थीहरूका लागि विशेष रूपमा उपयोगी हुन्छन् । केवल व्याख्यानमा निर्भर रहनुको सट्टा शिक्षकले छलफल, प्रयोग, परियोजना तथा व्यवहारिक गतिविधिमा विद्यार्थीहरूलाई सहभागी गराउनुपर्छ । सक्रिय सहभागिताले विद्यार्थीहरूको रुचि कायम राख्छ र बुझाई सुधार गर्छ । जब विद्यार्थीहरूले नयाँ ज्ञानलाई वास्तविक जीवनसँग जोड्न सक्छन्, सिकाई अझ अर्थपूर्ण बन्छ । व्यवहारिक गतिविधिहरूले रटाईको सट्टा गरेर सिक्ने अवसर प्रदान गर्छन्, जुन परम्परागत शिक्षण विधिसँग संघर्ष गर्ने विद्यार्थीहरूका लागि विशेष लाभदायक हुन्छ र व्यवहारिक पनि ।
कक्षाकोठाको बसाई व्यवस्था पनि महत्वपूर्ण हुन्छ । शिक्षकले ढिलो सिक्ने विद्यार्थीहरूलाई बोर्ड सजिलै देख्न सकिने, निर्देशन स्पष्ट सुनिने तथा आवश्यक पर्दा सहयोग प्राप्त गर्न सकिने स्थानमा बसाउनुपर्छ । शिक्षक नजिक बसाउँदा ध्यान भंग हुने सम्भावना कम हुन्छ र शिक्षकसँगको अन्तरक्रिया बढ्छ त्यसो गर्दा विद्यार्थीमा मनोवैज्ञनिक असर पनि हुन्छ । तर उनीहरूलाई अलग वा विशेष रूपमा चिन्हित गरिएको अनुभूति नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सहपाठी सहयोग पनि ढिलो सिक्ने विद्यार्थीहरूको सफलताका लागि प्रभावकारी उपाय हो । सहकारी सिकाई गतिविधिहरूले विद्यार्थीहरूलाई एकअर्काबाट सिक्ने अवसर दिन्छ । जिम्मेवार र सहयोगी साथीहरूसँग जोडी बनाएर काम गराउँदा अतिरिक्त सहयोग प्राप्त हुन्छ र नयाँ सिकाई उपायहरुको विकास पनि । सहपाठी शिक्षणले कठिन विषयवस्तुहरुलाई सहज रूपमा बुझ्न मद्दत पु¥याउँछ । साथै, यसले सामाजिक सीप, सहकार्य र अपनत्वको भावना विकास गर्न सहयोग गर्छ ।
मूल्याङ्कन प्रणाली पनि विद्यार्थीहरूको आवश्यकताअनुसार अनुकूलित हुनुपर्छ एउटै मुल्याङकन प्रणाली सबैमा लागु गर्दा परिक्षा पद्धतिमा नकरात्मक भावाना विकास भएको हो कि । परम्परागत परीक्षाहरूले सधैँ विद्यार्थीहरूको वास्तविक क्षमता देखाउन सक्दैनन् । शिक्षकले मौखिक प्रश्नोत्तर, परियोजना, व्यवहारिक प्रदर्शन, असाइनमेन्ट तथा निरन्तर अवलोकनजस्ता विविध मूल्याङ्कन विधिहरू प्रयोग गर्नुपर्छ र यो लागु गरिनु पर्ने माग पनि हो । यस्ता विधिहरूले विद्यार्थीहरूको सिकाइको व्यापक चित्र प्रस्तुत गर्छन् । आवश्यक परेमा परीक्षा वा कार्य सम्पन्न गर्न अतिरिक्त समय पनि उपलब्ध गराउनुपर्छ ।
अभिभावकसँगको नियमित सम्पर्क ढिलो सिक्ने विद्यार्थीहरूको व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । अभिभावकहरूले घरमा सिकाईलाई सहयोग गर्ने महत्वपूर्ण भूमिका खेल्छन् । शिक्षकले विद्यार्थीको प्रगति, चुनौती तथा आवश्यकताबारे नियमित रूपमा अभिभावकसँग छलफल गर्नुपर्छ । विद्यालय र घरबीचको सहकार्यले विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउँछ । तर हाम्रा अभिभावक सधैँ एउटै परिस्थितिमा छैनन् न त अन्य देशका तर पनि चिन्तित जरुर छन् ।
शिक्षकहरूले ढिलो सिक्ने विद्यार्थीहरूको भावनात्मक आवश्यकतालाई पनि बुझ्नुपर्छ । धेरै विद्यार्थीहरूले शैक्षिक कठिनाईका कारण हीनभावना, निराशा तथा चिन्ता अनुभव गर्छन् । त्यसैले भावनात्मक सहयोग पनि शैक्षिक सहयोग जत्तिकै महत्वपूर्ण हुन्छ । शिक्षकले विद्यार्थीका समस्या सुन्नुपर्छ, आश्वासन दिनुपर्छ र सकारात्मक आत्मछवि विकास गर्न सहयोग गर्नुपर्छ । आधुनिक प्रविधि पनि ढिलो सिक्ने विद्यार्थीहरूको सहयोगमा उपयोगी हुन सक्छ । शैक्षिक सफ्टवेयर, भिडियो, अन्तरक्रियात्मक सिकाइ प्लेटफर्म तथा डिजिटल स्रोतहरूले सिकाईलाई रोचक र पहुँचयोग्य बनाउँछन् । प्रविधिले विद्यार्थीलाई आफ्नै गतिमा सिक्न र आवश्यकतानुसार दोहो¥याउन अवसर दिन्छ ।
ढिलो सिक्ने विद्यार्थीहरूको व्यवस्थापनमा समझदारी, धैर्यता, सिर्जनशीलता र समर्पणको आवश्यकता पर्छ । उचित सहयोग, अवसर र प्रोत्साहन पाएमा यस्ता विद्यार्थीहरूले पनि आफ्नो पूर्ण क्षमता विकास गर्न सक्छन् । शिक्षकको भूमिका केवल ज्ञान प्रदान गर्नु मात्र होइन, प्रत्येक विद्यार्थीलाई आफ्नो सम्भावना पहिचान गर्न र सफलताको बाटोमा अघि बढ्न सहयोग गर्नु पनि हो । त्यसैले सबै विद्यार्थीहरूलाई समान सम्मान, अवसर र सहयोग प्रदान गर्दै समावेशी र सहयोगी कक्षाकोठा निर्माण गर्नु आजको शिक्षाको प्रमुख उद्देश्य हुनुपर्छ । अब शिर्षक किन ओए सर आए भए होला ?




