शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल एसियन गेम्स छनोटको च्याम्पियन

नेपाल एसियन गेम्स छनोटको च्याम्पियन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

काठमाडौं/कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले एसियन गेम्स छनोट जितेको छ । सोमबार सम्पन्न खेलमा नेपालले डीएलएस मेथडमार्फत हङकङलाई १९ रनले पराजित गरेको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । तर, वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो । नेपालका ओपनर कुशलले सर्वाधिक ६५ रन बनाए । ४० बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि सिंगा ओभल ग्राउन्ड सिंगापुरमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले अन्शुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारीसँगै ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । हङकङका ओपनर अन्शुमानले सर्वाधिक ८० रन बनाए । ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->