पोखरा/बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा भएको छैटौं पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।
पुरुषतर्फ २६ र महिलातर्फ नौ टिमले सहभागिता रहेको सो प्रतियोगितामा महिलातर्फ एक हजार मिटरको दूरी २०.१६ मिनेटमा पार गर्दै सन्तमाया जलारी फेवा डुङ्गा व्यवसायी समिति पहिलो बन्यो भने फेवाकै उषा गुरुङको समूहले २०.४९मिनेटमा निर्धारीत दूरी पार गर्दै दोस्रो स्थान हासिल ग¥यो । दिलसुभा गुरुङको समुहले २१.१७ मिनेटमा निर्धारित दूरी पार गर्दैै तेस्रो हुँदा नानुमाया जलारीको समूहले २१.४१ मिनेटमा दूरी पार गरी सान्त्वना स्थान हासिल गरे ।
पुरुषतर्फको १५सय मिटर दूरीको दौडमा फेवा डुंगाग व्यवसायी समितिको चन्द माझीको समूहले २४ मिनेटमा सो दूरी पार गरी प्रथम,सुदर्शन मगरको समूहले २५.४६ मिनेटमा सो दूरी पार गरी दोस्रो, दीपक मगरको समूहले २६ .१४ मिनेटमा सो दूरी पार गरी तेस्रो र राजु जलारीको समूहले २६.४३ मिनेटमा उत्त दूरी पार गरी सान्त्वना स्थान हासिल गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा भएको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार सहित प्रमाणपत्र र पुरस्कार प्रदन गरिएको निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रविराज कँडेलले जानकारी दिए ।
प्रतियोगिता सफल पार्नका लागि बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो ।
अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुंडा र कँडेलटुँडाको विच भाग सम्म २ किमी दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटबाट पिप्लेटुँडासम्म १ किमी दूरीमा प्रतिस्पर्धा गराएको हो ।
पोखरा आसपासका स्थानमा आन्तरिक एवंम बाह्य पर्यटन प्रर्वद्धनका निम्ति सो प्रतियोगिता आयोजना गरिएको हो ।





