शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मङ्गलेखानीमा खेलमैदान निर्माण

मङ्गलेखानीमा खेलमैदान निर्माण


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २९ २०८३, शुक्रबार

म्याग्दी/ रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरुले २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले ५ लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक संयुक्त ऊर्जा कम्पनीले २ लाख ५० हजार प्रदान गरेका हुन् ।

स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उनका परिवारले २ लाख सहयोग गरेको छ । अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताए । १६ मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->