शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्राजिल र मोरक्कोले अंक बाड्यो, स्कटल्याण्डले हाइटीलाई हरायो

ब्राजिल र मोरक्कोले अंक बाड्यो, स्कटल्याण्डले हाइटीलाई हरायो


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

पाेखरा / पाँच पटकको विश्वविजेता ब्राजिलले मोरक्को संग बराबरी खेलेको छ । १–० ले पछि परेको ब्राजिलका लागि भिनिसियस जुनियरले सानदार गोल गर्दै हार बाटा जोगाएका छन् ।

समूह चरणको पहिलो खेलमा ब्राजिलले बराबरी खेलेको हो । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको खेलमा अफ्रिकी च्याम्पियन मोरक्कोले सुरुवातदेखी ब्राजिललाई दबाब दिइरह्यो ।

मोरक्कोले खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमा अग्रता लिएको थियो । ब्राजिलका गोलकिपर एलिसन बेकर र रक्षकहरू गाब्रिएल मगल्हाएस तथा मार्किन्होसबीच समन्वय अभाव हुँदा प्राप्त अवसरलाई साइबारीले सदुपयोग गरेका थिए। उनले पेनाल्टी क्षेत्रबाहिरबाट आएको बललाई चिप गर्दै गोल गरेका थिए।

मोरक्कोले खेलमा निरन्तर दबाब कायम राख्यो। ३०औँ मिनेटसम्म उसले १२ प्रहार गरिसकेको थियो, जुन ब्राजिलले विश्वकपमा सन् २०१८ मा मेक्सिकोविरुद्ध खेलेयता सामना गरेको सबैभन्दा धेरै प्रहार थियो।

३२औँ मिनेटमा ब्राजिलले बराबरी गोल ग¥यो । ब्रुनो गिमारेसको पासमा भिनिसियस जुनियरले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रण गर्दै रक्षकलाई छक्याएर शक्तिशाली प्रहार गरे।

दोस्रो हाफमा प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले खेलमा सुधारिएको प्रदर्शन गर्‍यो। उता, स्कटल्याण्डले हाइटीलाई १–० ले हराएको छ ।

जोन एमसीगिनले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले सुखद सुरुवात रह्यो अमेरिकाको बोस्टन स्टेडियममा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->