शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भीमापोखराका विद्यार्थीलाई उद्घोषण कला तथा पत्रकारिता तालिम

भीमापोखराका विद्यार्थीलाई उद्घोषण कला तथा पत्रकारिता तालिम

‘तपाईंको आवाज, तपाईंको पहिचान’ भन्ने मूल नाराका साथ आईतबार बिद्यालयको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको समन्वय र धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको आयोजनामा जिल्लाको काँठेखोला- २ भीमापोखराका विद्यार्थीहरुका लागि एकदिने उद्घोषण कला तथा पत्रकारिता तालिम आईतवार सञ्चालन गरिएको छ ।

भीमापोखरास्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एक दिने उद्घोषण कला तथा पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिए । ‘तपाईंको आवाज, तपाईंको पहिचान’ भन्ने मूल नाराका साथ आईतबार बिद्यालयको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।

विद्यार्थीहरूको व्यक्तित्व विकास र सञ्चार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिममा उद्घोषणको आधारभूत ज्ञान, उद्घोषण कलाको परिचय र यसका आधारभूत नियमहरू, स्वर तथा शुद्ध उच्चारण, स्पष्ट रूपमा बोल्ने र सही उच्चारण गर्ने तरिकाहरू, श्रोतालाई प्रभाव पार्ने कला, मञ्चमा प्रस्तुतीकरण सीप सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्मका अगुवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार, पत्रकार तारानाथ आचार्य र धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले गरेका थिए ।

विद्यार्थीहरूलाई मञ्चको डर हटाउन र आफ्नो सञ्चार क्षमतालाई निखार्न व्यावहारिक अभ्यास गराइयो । तालिमको उद्घाटन गर्दै भीमपोखरा कल्याण समाजका सल्लाहकार चन्द्रमणी उपाध्यायले बिद्यार्थीको क्षमता बिकासका लागि तालिम उपयोगी बन्ने धारणा राखे ।

समाजका अध्यक्ष डिल्लिराज उपाध्यायले उद्घोषण कला जीवनका हरेक कृयाकलापमा काम लाग्ने बताए । उनले भीमपोखरा कल्याण समाजले बिभिन्न संघ संस्थासँग मिलेर सामाजिक क्षेत्रका काम गर्दै आएको जानकारी दिए ।

तालिमको व्यवस्थापन समाजका विशिष्ट सदस्य तथा धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले गरेका थिए । उद्घोषण तथा पत्रकारिता तालिमबाट विद्यार्थीहरुलाई प्रस्तुती गर्न र आधारभूत पत्रकारिताको वारेमा ज्ञान लिन सकेको विद्यालयका प्रधानाध्यापक सुशिल गौतमले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->