शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति स्कुल च्याम्पियन

जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति स्कुल च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा/ कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय स्कुल च्याम्पियन बनेको छ ।

प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एब्सोलुट तेक्वान्दो डोजाङ दोस्रो तथा हिमालयन टाइगर तेक्वान्दो डोजाङ तेस्रो भएका छन् ।

दोस्रो स्थान हासिल गरेको एब्सोलुट तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो भने तेस्रो बनेको हिमालयन टाइगर तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य पदक आफ्नो नाममा गर्न सफल भयो ।

प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ट फाइटरतर्फ महिला ३५ केजीमुनि समूहमा सहिद स्मृति आवासीय स्कुलकी निशा बिक उत्कृष्ट घोषित भइन् । त्यसैगरी पुरुष ४८ केजीमुनि समूहमा हिमालयन टाइगर तेक्वान्दो डोजाङका साहस बुढा मगर उत्कृष्ट प्रतियोगी चुनिए ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरूङले प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास तथा नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रतियोगितामा जिल्लाका विभिन्न ४२ डोजाङ तथा विद्यालयका ४२६ खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->