पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई तालिम सुरु भएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् ।
तालिम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीलेप्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्ने बताइन् ।
तथ्य जाँच (फ्याक्ट चेक) मा शुद्धता ल्याउन र नेपाली सञ्चार सामग्रीलाई विश्वव्यापी पहुँचमा पु¥याउन एआईले महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारलागतयले तालिमले गण्डकी प्रदेशको खेल पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने र समाचारको गुणस्तरमा यसको प्रभाव देखिने बताएका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पर्शुराम शर्माले गरेका थिए । तालिममा सहभागीहरुलाई उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरे ।
२ दिनसम्म सञ्चालन हुने तालिममा ६५ खेल पत्रकार सहभागी छन् । उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकाली प्रशिक्षण दिनेछन् ।





