पोखरा / फिफा विश्वकपमा एसिया फुटबलको पावरहाउस जापानले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार विहान भएको खेलमा ट्युनिसियालाई ४-० गोल हराउदै आफ्नो अपराजित यात्रा कायम गरेको हो ।
जापानले आफ्नो दोस्रो खेलमा चौथो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । कितो इताकुराको पासमा दाइची कामदाले उत्कृष्ट फिनिसिङ गरे ।
यस्तै ३१ औं मिनेटमा यासे एदाले दोस्रोगोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको जापानले दोस्रो हाफमा थप २ गोल थप्यो । ६९ औं मिनेटमा जुन्या इतोले र ८३ औं मिनेटमा यासे एदाले गोल गरे ।
जितसंगै जापानको २ खेलबाट ४ अंक रहेको छ । जापानले आफ्नो पहिलो खेलमा नेदरल्यान्डसंग २-२ को बराबरी खेलेको थियो ।
यस्तै अर्को पावर हाउस दक्षिण कोरियाले २ खेल खेल्दै ३ अंक जोडेको छ
समुह ए मा रहेको कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएको थियो । । दोस्रो खेलमा मेक्सिकोसंग १-० को हार व्यहोरेको थियो ।
कतारले पहिलो खेलमा स्विटजरल्याण्ड संग १-१ खेलेको थियो भने दोस्रो खेलमा क्यानडासंग ६-० को लजास्पद हार व्यहोरेको थियो ।
अस्ट्रेलियाले पहिलो खेलमा टर्कीलाई २-० ले हराएको छ भने साउदी अरेबियाले उरुग्वेसंग १-१ को बराबरी खेलेको छ ।
इराक नर्वेसंग ४-१ को हार व्यहोर्दा जोर्डन अस्ट्रीयासंग ३-१ को हार व्यहोरेको छ ।
एसियाबाट विश्वकपमा जापान समूह (एफ), इरान (जि) साउदी अरेबिया (एच), इराक ( आइ), जोर्डन (जे), उज्वेकिस्तान (के), दक्षिण कोरिया (ए), अस्ट्रेलिया (डि) र कतार (बि) रहेका छन ।
यी मध्ये जोर्डन र उज्वेकिस्तान पहिलोपटक खेलेका छ्न ।
इराकले ४० वर्षपछि विश्वकप खेलेको हो ।





