मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दी महभीरको पहिरोमा गाडी पुरियो, चालक गम्भीर घाईते

म्याग्दी महभीरको पहिरोमा गाडी पुरियो, चालक गम्भीर घाईते

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार चालकको घट्ना स्थलबाट उद्धार गरेर प्रदेश अस्पताल बेनी लगिदै छ ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

म्याग्दी / कोरलानाकाबाट नेचुङ भन्सारहुँदै जोमसोमबाट पोखरातर्फ जाँदै गरेको चिनियाँ इभी गाडी म्याग्दीको अन्नपुर्ण गाउँपालिका- ६ भीरकाटेमा पहिरोमा पर्दा चालक गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार चालकको घट्ना स्थलबाट उद्धार गरेर प्रदेश अस्पताल बेनी लगिदै छ । घाईते चालक अचेत अवस्थामा रहेको सूचना अधिकारी तिमिल्सिनाले बताए ।

बेनी जोमसोम कालीगण्डकी करिडोरले उक्त अर्धभुमिगत (अंग्रेजी अक्षरको सी) आकारको सडक रहेको भीरकाटेमा विष्फोट नगरी सडक चौडा बनाउने काम भैरहेको थियो । चालकको पहिचान हुन सकेको छैन् ।

विष्फोटनपछि स्काभेटरले सडक सफागरी दोहोरो गाडी खुलेपछि जोमसोमबाट पोखरातर्फ जादै गरेको गाडीमाथी विष्फोटनपछि पुरै नहटाइएको पहराको भाग भत्केर खसेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->