शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चिल्ड्रेन लाईफ बोर्डिङद्वारा उत्कृष्ट विद्यार्थी सम्मान

चिल्ड्रेन लाईफ बोर्डिङद्वारा उत्कृष्ट विद्यार्थी सम्मान

कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल टप बन्न सफल अंकिता शर्मा, अञ्जना शर्मा र ३.९३ जिपिए ल्याएर धौलागिरी क्षेत्रमा उत्कृष्ट भएका निश्कल गौतमसहित डेढसय विद्यार्थी सम्मानित भएका हुन् ।


  • ढाेरपाटन संवाददाता
  • असार १३ २०८३, शनिबार
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङले जिल्ला स्तरीय परीक्षा, एसईई र एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने र उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेर शुक्रबार उत्तिर्ण विद्यार्थी र तीनका अभिभावकलाई समेत सम्मान गरेको हो । हालै परीक्षाफल आएको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल टप बन्न सफल अंकिता शर्मा, अञ्जना शर्मा र ३.९३ जिपिए ल्याएर धौलागिरी क्षेत्रमा उत्कृष्ट भएका निश्कल गौतमसहित डेढसय विद्यार्थी सम्मानित भएका हुन् । उत्कृष्टलाई नगद पुरस्कार पनि दिइएको थियो ।

उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सामुदायिक र संस्थागत विद्यालय बीचको विभेद अन्त्य गर्दै सबैमा समान पढाई र उत्कृष्ट नतिजा ल्याउन सक्ने बनाउनुपर्ने बताए । उनले उत्कृष्ट अंक ल्याउने विद्यार्थी एकदुइ जना मात्र हुने भन्दै फरक क्षमताको प्रस्तुती गर्न सबैले सक्ने बताए ।

‘तोकिएको परीक्षामा एकदुइ जना मात्रै उत्कृष्ट बन्ने हुन्, अतिरिक्त क्षमता सबैको हुन्छ’ उनले भने, ‘सबैको क्षमतालाई बाहिर आउने अवसर दिनु ठूलो कुरा हो ।’ हरेक बालबालिकाको सफलतामा अभिभावकको भूमिका, मेहेनत र खुसी लुकेको भन्दै उनीहरुलाई सम्मान गरेर विद्यालयले राम्रो गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

विद्यालय व्यस्थापन समिकिा अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, शिक्षक नारायण शर्माको संचालन र प्रधानाध्यापक नवराज श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अवसरमा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, पूर्व अध्यक्ष महेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । उत्कृष्ट अंक ल्याउने विद्यार्थी अंकिता शर्मा लगायतले आफ्नो सफलताको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->