शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उपकरणले रक्तसंचार केन्द्र प्रभावकारी बन्दै

उपकरणले रक्तसंचार केन्द्र प्रभावकारी बन्दै

एक बर्षमा यहाँ १ करोड बराबरको सामाग्री र अन्य सहयोग जुटेको छ रक्तसंचारका लागि चाहिने बेड, रातोलाई सेतो रगतमा परिणत गर्ने मेसिन लगायत सामग्री र उपकरण जोडिएको रेडक्रसका जिल्ला सभापति जगन्नाथ आचार्यले बताए ।


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८३, सोमबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङद्वारा संचालित रक्तसंचार केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । विभिन्न दाताले केन्द्रकालागि उपकरण र सामग्री सहयोग गरेपछि केन्द्रले पनि सेवा बिस्तार गरेको छ । साथै धौलागिरि अस्पतालमा नियमित हुने अपरेसन सेवाकालागि आवश्यक पर्ने रगत पनि यहाँबाटै उपलब्ध हुन थालेको छ ।

धौलागिरि अस्पतालमा दैनिक ५ सय ५० बिरामी उपचारकालागि आउने गर्छन् । दैनिक आधा दर्जन अपरेसनसहितका उपचार समेत हुन्छन् । त्यस बाहेक सर्पदंश र रेबिजका बिरामीको पनि उपचार शुरु भएको छ । त्यो अभियानमा रक्तसंचार केन्द्रको क्षमता बढ्दा सेवा प्रभावकारी भएको अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।

अस्पतालमा आवस्यक पर्ने रातो र सेतो रगत केन्द्रमा नियमित उत्पादन शुरु भएको छ । रगत उत्पादनमा बिद्युत समस्याले हैरान भएको रेडक्रसलाई बागलुङ समाज अमेरिकाले जेनेरेटर र उपकरण सहयोग समेत गरेको छ । यो सहयोगले २४ घण्टा नै बिद्युत आपूर्तिमा सहज हुने भएको छ । आइतवार समाजका महासचिव खिवराज शर्मा आएर सामग्री हस्तान्तरण गरे ।

उक्त सहयोगले अस्पतालको सेवा प्रवाहमा सहयोग पुगेको, रेडक्रसको क्षमता पनि विकास भएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । बागलुङ घर भइ अमेरिका बस्नेहरुले सहयोग जुटाएर १४ लाख ५ हजार रुपैयाँ पठाएपछि जेनेरेटर र २ वटा रक्तदान बेड भित्र्याइएको हो । एक बर्षमा यहाँ १ करोड बराबरको सामाग्री र अन्य सहयोग जुटेको छ रक्तसंचारका लागि चाहिने बेड, रातोलाई सेतो रगतमा परिणत गर्ने मेसिन लगायत सामग्री र उपकरण जोडिएको रेडक्रसका जिल्ला सभापति जगन्नाथ आचार्यले बताए ।

अस्पतालको क्षमता बढेसँगै रक्तसंचारको पनि क्षमता बढाउन यो सहयोग जुटाइएको हो । समाजका महासचिव खिवराज शर्माले अस्पतालमै आएर ती सामग्री हस्तान्तरण गरे । ‘यो सहयोग नमूना मात्रै हो, अस्पताल व्यवस्थगापन र रक्तसंचारको क्षमता बढाउन अरु सहयोगको तयारीमा छौँ,’ शर्माले भने, ‘मानव जीवनको सुरक्षामा हामी सहयोग बढाउँछौँ ।’ विदेशमा बसेपनि आफ्नो क्षेत्रमा सहयोग गर्ने योजना उनले सुनाए ।

यसअघि बागलुङ समाज जापानको १३ लाख रुपैयाँ संकलन गरेर सेतो रगत बनाउने कम्पोनेन्ट प्रोसेसर मेसिन केन्द्रले खरिद गरेर संचालनमा ल्याइसकेको छ । चार वर्षअघि गण्डकी प्रदेश सरकारले झडै ५० लाख पर्ने उपकरण र मेसिन दिएर पनि रगत उत्पादन थिएन । डिपफ्रिज सहितका केही थप उपकरण थपिएपछि यहाँ सेतो रगत (एफएफपी र पिआरपी) नियमित उत्पादन भएको छ । यस अघिको ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको थियो । त्यसलाई तापक्रम र बिद्युत नियमित बनाउन जेनेरेटर थप भएको हो । यो लगानीपछि धौलागिरि अस्पतालमा आउने सर्पदंशका बिरामीको नियमित उपचारमा सहयोग गर्न पाइएको रक्तसंचार केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए । धौलागिरि अस्पतालमा मात्रै वर्षेनी ५० बढी सर्पदंशका बिरामी आउने गरेका छन् ।

सेतो रगतले रेबिज र डेंगीका बिरामीलाईपनि सहयोग पुगेको हो । सहयोग जुटेपछि जिल्लाका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाईपनि सर्पदंश र रेबिज उपचार बारे तालिम समेत दिइएको छ । दक्ष स्वास्थ्यकर्मी तयार भएपछि उपचारमा पनि सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । गर्मी बढ्दै जाँदा पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामी बढेका छन् । सहरी क्षेत्रमा कुकुरको टोकाईको प्रकोप समेत उत्तिकै छ । ती दुवै समस्या समाधान गर्न स्वास्थ्यकर्मीलाई तयारी बनाइएको हो ।

आइतबार आयोजित कार्यक्रममा समन्वय प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्मा र समाजका महासचिव खिवराज शर्माले शुभकामना मन्तव्य राखे । रेडक्रसका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, मन्त्री भवानी कंडेलको संचालन र उपसभापति सीता शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->