शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड बन्यो देशकै पहिलो पोषणमैत्री पालिका

बडिगाड बन्यो देशकै पहिलो पोषणमैत्री पालिका

बडिगाडलाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त’ पालिका घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले पश्चिम बागलुङलाई प्राथमिकता दिंदै प्रत्येक वर्ष एक अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन हुँदै आएको दाबी गरे ।


  • अनिष पाठक
  • असार १६ २०८३, मंगलबार

बागलुङ (खर्वाङ)/‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि’ ले तोकेका सूचकहरू पूरा गरेपछि बडिगाड गाउँपालिकालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त’ पालिका घोषणा गरिएको छ ।

सङ्घीय सरकारको बहुक्षेत्रीय पोषण योजना र पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० लागू भएपछि सबै सूचक पूरा गरेर बडिगाड सोमबार देशकै पहिलो पालिका बनेको हो ।

बडिगाडलाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त’ पालिका घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले पश्चिम बागलुङलाई प्राथमिकता दिंदै प्रत्येक वर्ष एक अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन हुँदै आएको दाबी गरे ।

पाण्डेले ५० वर्ष अघिको बडिगाड र अहिलेको बडिगाडबीच तुलना गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नभन्दा विकासमा एक जुट हुनुपर्नेमा जोड दिए । प्रदेश सरकार नागरिककै सरकार भएकाले यसको आवश्यकता अझै महत्वपूर्ण रहेको पनि उनले बताए ।

पोषणमैत्री पालिका घोषणासंगै आयोजना गरिएको बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हेमो डायलाइसिस सेवा शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले गाउँमै डायलाइसिस सेवा सञ्चालन हुनु पुरानाले केही गरेनन् भन्नेहरुका लागि एउटा जवाफ भएको बताए ।

बेड अभावमा डायलाइसिस गर्ने बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने अभियानमा प्रदेश सरकार रहेको उल्लेख गर्दै शेरचनले बडिगाडमा सेवा सञ्चालन हुनु सकारात्मक उपलब्धि भएको बताए ।

प्रदेश सरकार स्थापनाको छोटो समयमै गण्डकी प्रदेशले १२५ वटा नयाँ पक्की पुल निर्माण गरेको उदाहरण सुनाउदै उनले संघ र प्रदेश सरकारको योगदानलाई वस्तुगत मूल्याङ्कन गरेर विकासका लागि सबैसंग सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापाले पालिका घोषणपछि पनि दिगोपनाका लागि सबैको सहकार्य अपरिहार्य हुने भन्दै अस्पताल र हेमो डायलाइसिस सेवा संचालनपछि बागलुङ पश्चिम स्वास्थ्यमा एक खुड्किलो माथि उक्लिएको बताईन् ।

१७ करोड १८ लाख ५३ हजार ८२ रुपैयाँको लागतमा निर्माण गरिएको बडिगाड आधारभूत अस्पतालमा हेमो डायलाइसिस सेवा शुरु भएसंगै बडिगाडका करिब ८५ बिरामीसहित छिमेकी पालिका र जिल्लाका नागरिकलाई समेत सहज हुने बडिगाड गाउँपाकिला अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->