शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रामघाट एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि

रामघाट एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका वडा नं ३० पावरहाउस मुसेटुँडामा असार १३ गतेदेखि रामजी बादल मेमोरियल ट्रष्टको आयोजनामा भएको बादल मेमोरियल फुटबलको उपाधि पोखराको रामघाट एफसी सेतोले जितेको छ ।

रामघाट एफ सी रातोलाई ५का विरुद्व ६ गोल गर्दै उसले उपाधि जितेको हो । उपाधिसँगै रामघाट एफ सीले रु १ लाख ११ हजार १ सय ११ रुपैया नगद नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता रामघाट एफसी सेतोले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

फुटबलमा गगनगौंडा युवा क्लबले अनुशासित टिमको पुरस्कार,सर्वोत्कृष्ट खेलाडीतर्फ रामघाट एफसी सेतोका अंकित गुरुङ,सर्वाधिक गोलकर्ता रामघाट एफ सी सेतोका सुजन गुरुङ,गोल रक्षक पदम लोप्चनलाई जनही ५ हजारका दरले पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->