
बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङको ३६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सोसाइटीका गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले साधारणसभा उद्घाटन गर्दै मानवीय सेवामा लाग्ने रेडक्रसको महत्व र गरिमा बढाउने गरी काम गर्न सबैलाई आग्रह गरे ।
उनले रेडक्रस विपत्मा चाहिने संस्था भएकोले विपत्का समयमा खटिने गरी आवस्यक सामाग्री तयार राख्न पनि उनले आग्रह गरे । रक्त संचारको क्षेत्रमा काम गर्दा अस्पतालको सहकार्य गर्ने, विपत्मा काम गर्दा स्थानीय तह र सुरक्षा निकायमा सहकार्य गर्न उनको सुझाव थियो ।
रेडक्रसको केन्द्रीय कार्यालयमा विवाद र तदर्थ समिति बनेपनि स्थानीय तहमा काम गर्न कसैले नरोक्ने भन्दै अझैपनि सेवाको क्षेत्रमा लाग्न उनको सुझाव थियो । साधारणसभाले मन्त्री भुवानी प्रसाद कँडेलको प्रगती प्रतिवेदन, कोषाध्यक्ष जिवन रेग्मीको प्रतिवेदन पास गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, मन्त्री भुवानी कँडेलको सञ्चालन र उपसभापति सीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा अर्का उपसभापति राजेन्द्र आचार्य, बेलबगर शाखाका सभापति लक्ष्मीकान्त पौडेल राजेन्द्र, गलकोट शाखाकाा सभापति रामबहादुर खत्री, पूर्व सभापति जब्बरबहादुर लामिछाने र पूर्व केन्द्रीय सदस्य हिमालप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए ।




