शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई

स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई


  • ढाेरपाटन संवाददाता
  • असार २१ २०८३, आइतबार

बागलुङ/जिल्लाका एघार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालिन सेवाका लागि सम्मानसहित बिदाई गरिएको छ । बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरिएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, प्रदेश खोप समन्वय समिति गण्डकी प्रदेशका अध्यक्ष डा. युवानिधि बसौला र जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमरबहादुर थापाले स्वास्थ्य स्वयंसेविकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

गलकोट नगरपालिकाकी चन्द्र कुमारी थापा, राधिका सुवेदी, निसीखोला गाउँपालिकाकी कालिका कुमारी चन्द, मिठु शाही, जैमिनी नगरपालिकाकी डिल कुमारी पुन, मन कुमारी रोका, कुमारी पौडेल, काठेखोलाकी रुपा खत्री, बडिगाड गाउँपालिकाकी लक्ष्मी कुमारी केसी, बली श्रीस र बसन्त कुमारी सिंहलाई २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

दुई स्वास्थ्य स्वयंसेविकालाई मरणोपरान्त सम्मान गरिएको छ । बडिगाडकी गिता खरेल र ताराखोला गाउँपालिकाकी दिलसरा रोकालाई मरणोपरान्त सम्मान गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

सामुदायिक स्वास्थ्यको मेरुदण्ड मानिने स्वयंसेविकाहरुको सेवा सुविधा थप्ने विषयमा प्रदेश सरकार संवेदनशिल रहेको मन्त्री पाण्डेले बताए । नेपालको स्वास्थ्य प्रणाली सुधारमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनिय रहेको मन्त्री पाण्डेको भनाई थियो ।

बागलुङका १४ हजार २ सय ५७ जना बालबालिकाले आवस्यक पर्ने सबै खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको छ । खोपलाई पुर्णता दिन महिला स्वास्थ्य स्वयंसेविकाहरु वडा र टोल–टोलमा खटिएका थिए ।

शर्माका अनुसार, जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->