शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्राजिल नर्वेको रोचक इतिहास, जहाँ अहिलेसम्म हराएको छैन ब्राजिलले

ब्राजिल नर्वेको रोचक इतिहास, जहाँ अहिलेसम्म हराएको छैन ब्राजिलले


  • विजय नेपाली
  • असार २१ २०८३, आइतबार

पोखरा / फिफा विश्वकपमा सर्वाधिक सफल राष्ट्र अहिलेसम्मको सूचिमा ब्राजिल नै हो । ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि उचालेको छ । तर, पाँच पटकको उपाधि विजेता ब्राजिलले नर्र्वेलाई अहिलेसम्म कुनै पनि खेलमा हराउन सकेको छैन् ।

फिफा विश्वकप २०२६ को राउन्ड ३२ मा आज नर्वे र ब्राजिलबीच खेल हुँदैछ । फिफा विश्वकपमा यी दुई टोलीबीचको यो दोस्रो भेट हो । यस अघि यि दुई टोली सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको समूह चरणमा यि दुई टोली भेट भएका थिए । उक्त खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्व फुटबललाई स्तब्ध पारेको थियो ।

रोचक कुरा के छ भने यि दुई टोली हालसम्म चार पटक आम्नेसाम्ने भएका छन् र चारपटकसम्म ब्राजिलले नर्वेलाई हराउन सकेको छैन । चारपटकको भेटमा नर्वेले २ पटक जित हासिल गरेको छ भने २ खेल बराबरीमै रोकिएको छ । १९९७ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलमाथि नर्वेले ४–२ को जित हात पारेको थियो । यस्तै १९८८ र २००६ मा भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकिएको थियो ।

यता जारी विश्वकपमा दुवै टोली उत्कृष्ट लयमा छन् । विश्वकपको राउन्ड ३२ सम्म आइपुग्दा ब्राजिलले कुनै पनि हार व्यहोर्नु परेको छैन् । समुहचरणदेखी नकआउटसम्म आइपुग्दा ३ जित र १ बराबरी खेलको छ । नर्वेले भने समुह चरणमा एक खेलमा हार व्यहोरेको छ । नर्वेले पनि समान ३ खेल जित्दा १ खेलमा हार व्यहोरेको छ । जारी विश्वकपमा यि दुवै टोलीका खेलाडी गोल्डेन बुटको दौडमा मेस्सी र एम्बाप्पेलाई पछ्याइरहेका छन् । नर्वेका अर्लिङ हालान्ड र विनिसियस जुनियरले समान ५–५ गोल गोल गरेका छन् ।

२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई यहाँसम्म पु¥याउन कप्तान तथा फरवार्ड हालान्ड उत्कृष्ट प्रदर्शनी हो । उनले समूह चरणका हरेक खेलमा इराक, सेनेगल र आइभोरी कोस्ट विरुद्ध गोल गरेका थिए । नर्वेका लागि ५३ खेलमा ६० गोल गरिसकेका हालान्ड नर्वेको फुटबल इतिहासमा सर्वाधिक गोलकर्ता हुन् । उनी पछिल्ला १३ प्रतिस्पर्धी अन्तर्राष्ट्रिय खेलहरूमा लगातार गोल गरिरहेका छन् । जसमा उनको गोल संख्या २५ छ । नर्वेको मुख्य रणनीति मिडफिल्डर मार्टिन ओडेगार्डको पासलाई हालान्ड मार्फत गोलमा परिणत गर्नु र काउन्टर–अट्याकमा ब्राजिललाई स्तब्ध पार्नु हुनेछ ।

यस्तै नेयमारको अनुपस्थिति वा अन्य उतारचढावका बीच यो विश्वकपमा ब्राजिलको भरपर्दा खेलाडी र ब्राजिललाई यहाँ सम्म ल्याइपु¥याउने विनिसियस जुनियर नै हुन । जारी विश्वकपमा बायाँ विङ्गर बाट उनको गति, ड्रिबलिङ र रक्षापंक्तिलाई भत्काउने क्षमताले ब्राजिललाई हरेक खेलमा संकटमुक्त बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->