बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पिसीएम एनुअल फेस्ट–२०२६ सम्पन्न

पिसीएम एनुअल फेस्ट–२०२६ सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८३, मंगलबार

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा ‘पिसीएम एनुअल फेस्ट–२०२६’ सम्पन्न भएको छ ।

अभय एण्ड द स्टीम इन्जिन ब्याण्डको सांगीतिक प्रस्तुतिसहितको सो वार्षिक महोत्सवमा सांगीतिक कार्यक्रमका अलावा विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू राखेका थिए ।

एक सातासम्म चलेको फेस्टअन्तर्गत ‘समाजका लागि एआई लाभदायी हो कि होइन ?’ भन्ने वादविवाद प्रतियोगितामा बीसीएस आइटी चौंथो सेमेष्टरका झरना बुढा मगर प्रथम, बीबीए चौंथो सेमेष्टर मर्निङका कृतिका पुरी द्वितीय, तथा बीबीए चौंथो दिवाका स्वीकृति शर्मा तृतीय भइन् ।

त्यसैगरी वित्तीय साक्षात्कार कार्यक्रमअन्तर्गत ‘स्टक पिचिङ’ प्रतियोगितामा विद्यार्थीहरूले लगानीका लागि आ–आफ्नो अनुभव सुनाए । प्रतियोगितामा बीबीए फाइनान्स दोश्रो वर्षका अनुजा मगर र कपिल सुवेदीले प्रथम स्थान हासिल गरे । बीबीए आठौं सेमेष्टरका जेम्स शाक्यले द्वितीय तथा बीबीए चौंथो सेमेष्टरका मन्जिला श्रेष्ठ, स्वीकृति शर्मा, सुमन राई र सविन गौतमले तृतीय स्थान हासिल गरे ।

चित्रकला प्रतियोगितामा बीसीएस आइटी चौंथो सेमेष्टरका अवान केसी प्रथम, बीसीएस आइटी छैठौ सेमेष्टरका सबिन सुनार द्वितीय तथा बीसीएस आइटी छैठौं सेमेष्टरकै रिस्ता हमाल र बीबीए चौथो सेमेष्टर दिवाका सरगम सुनार तृतीय भए । अग्रज कलाकार रमेश श्रेष्ठ चित्रकला प्रतियोगिताका निर्णायकमा रहेका थिए ।

समारोहमा पोखरा विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल ८६ जना विद्यार्थीमध्ये चार जीपीए प्राप्त गर्दै उत्कृष्ट हुन सफल १२ जना विद्यार्थीहरुलाई पनि सम्मान गरियो । कलेज सञ्चालक समितिका अध्यक्ष विनोद कायस्थ र सदस्य प्रान्जल कायस्थले विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरे । कलेज प्राचार्य लिना नेगी श्रेष्ठको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->