बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एनटीएचएमसीमा तालिम

एनटीएचएमसीमा तालिम


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८३, मंगलबार

पोखरा/पोखरा १४ मा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) मा हस्पिटालिटी क्षेत्रमा दिगोपन र वातावरणीय सचेतना प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाँच दिने विशेष तालिम सुरु भएको छ ।

डिगो तथा स्वीस कन्टेक्ट र युनिकोनको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो असार २२ गतेदेखि सुरु भएको तालिम असार २६ गतेसम्म चल्नेछ ।

तालिममा पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका लब्धप्रतिष्ठित एवं सिनियर व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको छ । पर्यटन क्षेत्रलाई पर्यावरणमैत्री र दिगो बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

उनका अनुसार दिगो खाद्य तथा पेय पदार्थ सञ्चालन,हरित अभ्यास तालिम तथा दिगो अतिथि अनुभव र सञ्चार भन्ने तीन विषयभित्र पनि विभिन्न शीर्षकका तालिम रहेको कलेजका अध्यक्ष अशोक पालिखेको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->