कुरा २०१९ मा महेन्द्र राजा भएपछि र पञ्चायत आए पछिको हो । तर हामीले स्कुल बहुदल आउनुभन्दा पहिलाको हो अनि २०५२÷५३ खासै परिवर्तन आएको होइन् । महेन्द्रमाला किताब पढेको पनि हो । किताबमा लेखिएको पनि थियो । शिक्षाको घामबाट कुनै पनि बालबालिका पछि नपरुन् । यो त राजा महेन्द्रको देन भनिन्छ तर पनि भारतिय उपमहादिपको पनि प्रभाव हो । म त्यो महसुस गदर्छु । यो किन भने जुन शिक्षाको बहाव र चेतना भारतमा आएको थियो त्यो नेपालमा वर्षाको बाछिंटा हो । यो पछि मात्र भारतको वसाई र अध्ययनले बतायो ।
शिक्षा कुनै पनि राष्ट्रको समग्र विकासको आधार हो । यो दूई मतको कारण होइन तर पनि शिक्षाको गुणस्तर शिक्षकको कार्यसम्पादनमा निर्भर हुन्छ, यो मान्न जरुरी हो वा होइन । विद्यालयमा शिक्षकले निर्वाह गर्ने भूमिका केवल पाठ पढाउने व्यक्तिको मात्र नभई विद्यार्थीको व्यक्तित्व विकास, नैतिक आचरण, सिर्जनात्मक सोच, समस्या समाधान क्षमता, सामाजिक व्यवहार तथा जीवनोपयोगी सीप विकास गर्ने मार्गदर्शकको पनि हो, तर कसरी ? समयको परिवर्तनसँगै शिक्षण सिकाइका विधि, प्रविधि, मूल्याङ्कन प्रणाली तथा कक्षाकोठा व्यवस्थापनका अवधारणामा व्यापक परिवर्तन आएको छ र भएको पनि हो तर प्रयोगमा हामी पछि नै छौं । यस परिवर्तनसँगै शिक्षकको कार्यसम्पादन पनि परम्परागत शैलीबाट आधुनिक, प्रविधिमैत्री, विद्यार्थी केन्द्रित तथा नतिजामुखी बन्न आवश्यक भएको छ । जति आधुनिक कुरा गरे पनि जति डिजिटल कुरा गरे पनि प्रणाली परिवर्तन त देखिएन । केही स्कुल होलान तर समग्रमा कहाँ छ यो डिजिटल प्रणाली ? अद्यावधिक कक्षाकोठा शिक्षकको कार्यसम्पादन भन्नाले समयसापेक्ष ज्ञान, सीप, प्रविधि, शिक्षण विधि, समावेशी सोच, व्यावसायिक नैतिकता र निरन्तर सुधारको भावनासहित विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न गरिने सम्पूर्ण शैक्षिक गतिविधिलाई जनाउँछ तर पनि कहाँ चुकिरहेको छ यो व्यवस्था ?
वर्तमान समयमा शिक्षक केवल पाठ्यपुस्तकमा सीमित रहने व्यक्ति होइन मेरो बुझाई । शिक्षकले पाठ्यक्रमको उद्देश्य, विद्यार्थीको आवश्यकता, स्थानीय सन्दर्भ, सूचना तथा सञ्चार प्रविधिको प्रयोग, सिर्जनात्मक गतिविधि तथा व्यवहारिक शिक्षालाई समेटेर सिकाईलाई प्रभावकारी बनाउनुपर्छ मान्यता हो तर के सबै सुविधाहरु दिन सरकार सक्षम हो त वा निजी विद्यालयहरु पनि ? विद्यार्थीहरूमा जिज्ञासा जगाउने, अनुसन्धान गर्ने, प्रश्न सोध्ने, समूहमा काम गर्ने तथा आफ्ना विचार प्रस्तुत गर्ने वातावरण सिर्जना गर्नु शिक्षकको महत्वपूर्ण जिम्मेवारी हो । त्यो नियम प्रत्येक देशमा लागु हुन्छ तर हाम्रो समर्पण के हो । अद्यावधिक शिक्षकले प्रत्येक विद्यार्थी फरक क्षमता, रुचि तथा सिकाई शैलीका हुन्छन् भन्ने कुरा बुझेर सोहीअनुसार शिक्षण रणनीति अपनाउँछन् अनि हामी विषय विज्ञ पनि छौँ । तर, पनि शिक्षा किन पछाडी सोचौँ न ?
कक्षाकोठामा प्रवेश गर्नु अघि शिक्षकले दैनिक पाठयोजना तयार गर्ने, सिकाई उद्देश्य निर्धारण गर्ने, आवश्यक शिक्षण सामग्रीको व्यवस्था गर्ने तथा सिकाई क्रियाकलापको स्पष्ट योजना बनाउने कार्यलाई प्राथमिकता दिनुपर्छ, यो भनाई मात्र हो व्यवहारमा देखिएन । राम्रो योजना भएको कक्षा व्यवस्थित, आकर्षक तथा प्रभावकारी हुन्छ । योजनाबिना गरिएको शिक्षणले विद्यार्थीमा अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन्छ त्यो । म ५०० स्कुल भ्रमण गरे कतै पनि देखिन । त्यसैले आधुनिक शिक्षकले पाठयोजना, समय व्यवस्थापन तथा सिकाई परिणामलाई विशेष महत्व दिन्छन् वा समय मात्र बर्वाद गर्ने हो ।
कक्षाकोठाको वातावरण सिकाइको आधार हो । सफा, सुरक्षित, समावेशी, बालमैत्री तथा सहयोगात्मक वातावरणले विद्यार्थीमा सिक्ने इच्छा बढाउँछ । शिक्षकले कुनै पनि प्रकारको विभेद नगरी सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्नुपर्छ । विद्यार्थीको जात, भाषा, धर्म, लिङ्ग, आर्थिक अवस्था, शारीरिक अवस्था वा सिकाई क्षमताका आधारमा भेदभाव गर्नु शिक्षकीय आचारसंहिताविपरीत हुन्छ तर हाम्रो सामाजिक अवधारणा र यसको विकासक्रम पनि त बिचमा होला अनि त्यो गर्नै पनि बाध्यात्मक अवस्था मात्र हो जस्तो लाग्यो । अद्यावधिक शिक्षकले सबै विद्यार्थीलाई सम्मानपूर्वक व्यवहार गर्दै उनीहरूको आत्मविश्वास बढाउने वातावरण सिर्जना गर्छन् । यो धारणाको विकास गर्न इतिहासमा पनि ठुलो भमिका छ – त्यो राणाकलिन सामाजिक व्यवस्था हो ।
विद्यार्थीकेन्द्रित शिक्षण आधुनिक शिक्षाको प्रमुख आधार हो हामी मान्छौं तर पनि समाज विकासका आधारमा के ? शिक्षकले लामो समयसम्म एकोहोरो व्याख्यान दिनुभन्दा विद्यार्थीलाई सक्रिय सहभागितामा जोड दिनुपर्छ तर हाम्रो संस्कार त परम्परावादी नै हो । छलफल, प्रश्नोत्तर, समूहकार्य, परियोजना कार्य, प्रयोगात्मक गतिविधि, भूमिका निर्वाह, प्रस्तुतीकरण, समस्या समाधान तथा अनुसन्धानमुखी अभ्यासले सिकाइलाई स्थायी बनाउँछ । विद्यार्थी आफैंले अनुभव गरेर सिकेको ज्ञान लामो समयसम्म स्मरण रहन्छ । शिक्षकले सिकाईलाई जीवनसँग जोडेर व्यवहारिक बनाउनु आवश्यक छ र अबको शिक्षामा परिवर्तन पनि जरुरी ।
सूचना तथा सञ्चार प्रविधिले शिक्षण सिकाईमा नयाँ सम्भावना सिर्जना गरेको छ, यो समाज अग्रसर पनि हो । कम्प्युटर, प्रोजेक्टर, स्मार्ट बोर्ड, इन्टरनेट, शैक्षिक भिडियो, डिजिटल सामग्री, अनलाइन सिकाई प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगले सिकाईलाई थप प्रभावकारी बनाएको छ मान्नुस् तर शिक्षाको विषेश सिकाईमा खास अन्तर छैन । किनकि सिकाई अग्रसर हो तर सिक्नेहरुमा तनाब मात्र छ । शिक्षकले यी प्रविधिको उचित प्रयोग गरी विद्यार्थीको रुचि बढाउने, कठिन विषयलाई सरल बनाउने तथा स्व–अध्ययनको अवसर उपलब्ध गराउने प्रयास गर्नुपर्छ । माध्यम फरक र गतिलो हुन पनि जरुरी हो । प्रविधिको प्रयोग उद्देश्यअनुसार सन्तुलित तथा सुरक्षित हुनुपर्छ ।
मूल्याङ्कन प्रणाली पनि आधुनिक शिक्षामा परिवर्तन भएको छ जस्तैः क्यास प्रणाली । वार्षिक परीक्षामा मात्र आधारित मूल्याङ्कन पर्याप्त मानिँदैन र हुनुहुदैन । निरन्तर मूल्याङ्कन, कक्षाकार्य, गृहकार्य, परियोजना, व्यवहार अवलोकन, प्रस्तुतीकरण, मौखिक परीक्षा तथा सिर्जनात्मक कार्यलाई पनि मूल्याङ्कनको आधार बनाइन्छ र पर्छ अनि त्यो प्रक्रियाको अवश्यक अनुगमन पनि । शिक्षकले नियमित रूपमा विद्यार्थीलाई रचनात्मक प्रतिक्रिया प्रदान गरी कमजोरी सुधार गर्ने अवसर दिनुपर्छ र परिणाम पनि त्यो अनुसार दिन सकिन्छ । मूल्याङ्कनको उद्देश्य केवल अंक दिनु नभई सिकाई सुधार गर्नु हो, यो अविभावक र शिक्षकले मनन् गर्न जरुरी पनि छ ।
अनुशासन व्यवस्थापनमा पनि आधुनिक दृष्टिकोण आवश्यक छ । शारीरिक वा मानसिक दण्डले विद्यार्थीमा डर सिर्जना गर्छ तर सिकाई सुधार गर्दैन । हाम्रो मान्यता दण्डविहिन हो । शारिरिक र मानसिक कुनै होइन यो गर्न पनि सकिन्छ तर यो तपाईको क्षमतामा भर पर्छ है । शिक्षकले प्रेम, सम्मान, संवाद, परामर्श तथा सकारात्मक प्रेरणाको माध्यमबाट अनुशासन कायम गर्नुपर्छ । स्पष्ट नियम, समान व्यवहार तथा विद्यार्थीको सहभागितामा तयार गरिएका कक्षाकोठाका नियमहरू प्रभावकारी हुन्छन् र त्यो तपाईको व्यवस्थापनमा भर पर्छ । अति दण्ड पनि ख्याल गरौँ र स्कुलको शिक्षक सहजकर्ता हो, जल्लाद होइन् ।
समावेशी शिक्षाको अवधारणाले प्रत्येक विद्यार्थीलाई समान सिकाई अवसर उपलब्ध गराउने लक्ष्य राख्छ र नीति पनि हो र समावेश पनि गरिन्छ । तर, के लागु भएको हो वा भनाई हो । फरक क्षमता भएका, विशेष आवश्यकता भएका तथा विभिन्न सामाजिक पृष्ठभूमिका विद्यार्थीलाई आवश्यक सहयोग प्रदान गर्नु शिक्षकको दायित्व हो वा यो अर्को अर्थमा व्यवहार हो । तर, जुन जोगी आए पनि कानै चिरेको भन्ने अर्थ सार्थक हो । आवश्यक परे शिक्षण सामग्री, सिकाई समय तथा मूल्याङ्कन प्रक्रियामा लचकता अपनाउनु पनि आधुनिक शिक्षकको विशेषता हो तर, के हो शिक्षा नीति र हाम्रा नानीबाबुहरुले सिक्ने ? बनाउने गलत हुन वा हामी गलत हौ ? अभिभावकसँगको सहकार्य शिक्षकको कार्यसम्पादनको अर्को महत्वपूर्ण पक्ष हो । विद्यार्थीको सिकाई प्रगति, व्यवहार, उपस्थिती तथा आवश्यक सहयोगका विषयमा नियमित रूपमा अभिभावकसँग संवाद गर्नुपर्छ र हुन्छ पनि । बुझाई कहाँ फरक हो भन्दा शिक्षणमा र घरको वातावरणमा । विद्यालय र घरबीचको सहकार्य बलियो भएमा विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पर्छ मानौँ तर शिक्षण गलत भएको भए त्यो कसरी पनि सोचौँ । त्यसैगरी विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय तथा सरोकारवालासँग सहकार्य गरी विद्यालयको शैक्षिक वातावरण सुधार गर्न शिक्षकले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।
शिक्षक स्वयम् पनि निरन्तर सिक्ने व्यक्ति हुनुपर्छ । हो कुन मानिस छ जसले जविनमा गल्तीबाट सिक्दैन । तर, शिक्षक मात्रले सिक्नुपर्छ भन्ने नि होइन्, सबैले सिकौ र सभ्यताको विकास गरौँ । तालिम, कार्यशाला, गोष्ठी, अनुसन्धान, अध्ययन तथा आत्ममूल्याङ्कनमार्फत आफ्नो ज्ञान र सीप अद्यावधिक गरिरहनुपर्छ हुन्छ पनि तर लागु गर्न के गर्ने भन्ने प्रणाली खोइ ? सरकारलाई प्रश्न ? नयाँ पाठ्यक्रम, नयाँ शिक्षण विधि, नयाँ प्रविधि तथा शैक्षिक नीतिबारे जानकारी राख्ने शिक्षकले मात्र प्रभावकारी शिक्षण गर्न सक्छन् यहाँ अनेक छन् र देखियो पनि । तर त्यो सिमिततामा आधारित हो वा छ । आत्ममूल्याङ्कनले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्ने अवसर प्रदान गर्दछ र गरौँ पनि कसरी भन्ने त सिकौँ । शिक्षकीय नैतिकता आधुनिक कार्यसम्पादनको मेरुदण्ड हो हरेकलाई । समयपालन, इमान्दारिता, निष्पक्षता, जिम्मेवारी, अनुशासन, सकारात्मक व्यवहार तथा व्यावसायिक मर्यादाको पालन प्रत्येक शिक्षकको कर्तव्य हो तर देखिएन त । शिक्षकको बोली, व्यवहार, पहिरन तथा सामाजिक उत्तरदायित्वले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्छ, यो अरुको देशको व्यवहारमा ल्याउन प्रयास नगरौँ । त्यसैले शिक्षक आफैं असल उदाहरण बन्नुपर्छ सिद्धान्ततः ।
आधुनिक कक्षाकोठामा सिर्जनशीलता र आलोचनात्मक सोचको विकासलाई विशेष महत्व दिइन्छ र यो सिकाईको विशेष क्षण र अवसर पनि हो । विद्यार्थीलाई केवल उत्तर याद गराउने होइन, किन, कसरी र केका लागि भन्ने प्रश्नमा सोच्न प्रेरित गर्नुपर्छ र गराउ । दैनिक जीवनका समस्या समाधान गर्न सक्ने क्षमता विकास गर्नु नै वास्तविक शिक्षाको उद्देश्य हो अनि भाषा र अनुसाशन पनि । शिक्षकले परियोजना, अनुसन्धान, स्थानीय स्रोतको प्रयोग तथा नवप्रवर्तनात्मक गतिविधिमार्फत यस्तो क्षमता विकास गर्न सक्छन् यहिं महाविर पुनले खोजे कि ? जीवनोपयोगी सीप, नैतिक शिक्षा, वातावरण संरक्षण, स्वास्थ्य शिक्षा, डिजिटल नागरिकता, लैङ्गिक समानता, मानव अधिकार तथा नागरिक जिम्मेवारी जस्ता विषयलाई पनि शिक्षण प्रक्रियामा समावेश गर्नु आवश्यक छ । आजको शिक्षकले केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नरही जीवनसँग सम्बन्धित सीप विकासमा जोड दिनुपर्छ । यसले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउँछ अनि मात्र हामी असल राष्ट्रको जगमा हुन्छौँ होला र स्कुलको पनि विरासतमा ।
कक्षाकोठा शिक्षकको कार्यसम्पादनमा अनुसन्धानमुखी सोच पनि आवश्यक हुन्छ । शिक्षकले आफ्नो शिक्षणको प्रभावकारिता अध्ययन गर्ने, विद्यार्थीको सिकाई विश्लेषण गर्ने तथा आवश्यक सुधारका उपाय अपनाउने कार्य गर्नुपर्छ । कार्यमूलक अनुसन्धानले शिक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउँछ । समय व्यवस्थापन पनि सफल शिक्षकको महत्वपूर्ण गुण होला । निर्धारित समयमा पाठ सम्पन्न गर्ने, सबै विद्यार्थीलाई सहभागिता गराउने, आवश्यक पुनरावृत्ति गर्ने तथा सिकाई उपलब्धि सुनिश्चित गर्ने क्षमता शिक्षकमा हुनुपर्छ कि ? समयको सही प्रयोगले कक्षाकोठा व्यवस्थित र उपलब्धिमूलक बन्छ भन्ने सकरात्मक आधार मानी जाऔँ ।
कक्षाकोठा शिक्षकको कार्यसम्पादन आधुनिक शिक्षाको मूल आधार हो, जसरी महेन्द्रले गरे वा गराइयो त्यो इतिहासमा । यस्तो शिक्षक ज्ञान दिने मात्र होइन, सिकाईको सहजीकरण गर्ने, विद्यार्थीको क्षमता पहिचान गर्ने, प्रविधिको प्रभावकारी प्रयोग गर्ने, समावेशी वातावरण निर्माण गर्ने, निरन्तर मूल्याङ्कन गर्ने, अभिभावकसँग सहकार्य गर्ने, व्यावसायिक रूपमा निरन्तर विकास गर्ने तथा नैतिक मूल्यको संरक्षण गर्ने व्यक्ति हुन्छ । यस्ता शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा, सक्षम नागरिक तथा समृद्ध समाजको निर्माण सम्भव हुन्छ । बदलिँदो विश्व, प्रविधिको तीव्र विकास तथा विद्यार्थीको आवश्यकता अनुसार शिक्षकले आफ्ना ज्ञान, सीप र कार्यशैलीलाई निरन्तर अद्यावधिक गर्दै लैजानु आजको प्रमुख आवश्यकता हो । यसरी अद्यावधिक कक्षाकोठा शिक्षकको प्रभावकारी कार्यसम्पादनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय विकास तथा विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम मानव संसाधन उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।
जय शिक्षा, जय नेपाल




