शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केप भर्डेले तर्साएको अर्जेन्टिना इजिप्टविरुद्ध सतर्क

केप भर्डेले तर्साएको अर्जेन्टिना इजिप्टविरुद्ध सतर्क


  • ढाेरपाटन संवाददाता
  • असार २३ २०८३, मंगलबार

पोखरा/फिफा विश्वकप २०२६ मा कुनै टिमले सनसनी मच्यायो भने त्यो हो केप भर्डे । विश्वविजेता टोली स्पेन, उरुग्वेसंगको बराबरी अनि अर्जेन्टिना संगको ३–२ गोलको हारले केप भर्डे विश्वमै चर्चित भयो ।

राउन्ड अफ ३२ मा अर्जेन्टिनाको सामना गरेको केप भर्डेलाई जित्न अर्जेन्टिनाले ९० मिनेट काफी भएन । मैदानमा १२० मिनेट प्रतिस्पर्धा गर्नुप¥यो ।

आज अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । तर, केप भर्डे विरुद्धको खेलबाट चेत पाएको अर्जेन्टिना निकै सचेत हुनेछ । अर्जेन्टिना र इजिप्टबीचको खेललाई निकै रोचक हुने अनुमान गरिएको छ ।

खेल अघिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले यो विश्वकपमा कोही पनि स्पष्ट दाबेदार नरहेको प्रतिक्रिया दिए ।
‘यस विश्वकपमा कोही पनि स्पष्ट दाबेदार छैन, खेलहरू निकै कठिन भइरहेका छन्। धेरै खेलहरू खेलेका कारण खेलाडीहरूको खुट्टामा थकान पनि छ ।’

अर्जेन्टिनाका मिडफिल्डर लेआन्द्रो पारेदेस र डिफेन्डर नाहुएल मोलिनाले केप भर्डसँगको कठिन जित र ब्राजिल प्रतियोगिताबाट बाहिरिएको प्रसङ्ग निकाल्दै इजिप्टविरुद्ध पूर्ण रूपमा सतर्क भएर मैदान उत्रने बताएका छन् ।

उता इजिप्टका प्रशिक्षक होसाम हसनले खेलसँगै प्यालेस्टिनी नागरिकहरूको समर्थनमा मानवीय अपिल समेत गरेका छन् ।
जारी प्रतियोगितामा दुवै टोलीले अन्तिम १६ मा आउनका लागि १२० मिनेट खेल्नु परेको थियो ।

सन् १९३४ इजिप्टले ऐतिहासिक रूपमा पछि पहिलो पटक राउन्ड अफ १६ मा स्थान बनाएको र मोहम्मद सालाहको कप्तानीमा अप्रत्याशित नतिजा निकाल्ने अनुमान गरिएको छ । तर, अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने अझै लयमा रहेकाले इजिप्टलाइ जित निकाल्न भने सहज हुने छैन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना उपाधिको दाबेदार समेत हो ।

यि दुई टोलीको भेट यो दोस्रो पटक हो । २००८ मा यि दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->