
बागलुङ/परिसुचन साप्ताहिक पत्रिकाको १३ औ वार्षिकोत्सव मैत्रीपूर्ण फुटसल खेलेर मनाइएको छ । विगतका वार्षिकोत्सवमा फुटबल, फुटसल खेलेर तथा विभिन्न क्षेत्रमा शैक्षिक सामाग्री, खाद्यान्न वितरण लगायतका कार्यक्रम गर्दै आएको पत्रिकाले १३ औं वार्षिकोत्सव फुटसल खेलेर मनाएको हो ।
लेखन नेपाल मिडिया प्रा.लि.द्धारा प्रकाशित पत्रिकाले आयोजक, नेपाल पत्रकार महासंघ र प्रवुद्ध युवा समहुबीच मैत्रीपूर्ण फुटसल खेलेर वार्षिकोत्सव मनाएको हो । खेलमा प्रवुद्ध युवा समुह विजेता बनेको छ भने नेपाल पत्रकार महासंघ उपविजेता बनेको छ ।
विजेता प्रबुद्वलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता बनेको महासंघ र तृतीय भएको आयोजकलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले खेलले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्नका लागि सहयोग पुग्ने बताए ।
पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य राखेको कार्यक्रम लेखन नेपाल मिडिया प्रा.लि.का अध्यक्ष विजय रानाको अध्यक्षता, प्रबन्धक नवराज नेपालीको स्वागत र पत्रिकाका सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





