पोखरा/सन् २०१० को फिफा विश्वकप । जहाँ विश्व फुटबलले नयाँ विजेता पायो । दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा स्पेनले नेदरल्यान्डस्लाई १–० ले स्तब्ध पार्दै विश्व विजेता बनेको थियो । एन्ड्रेस इन्ष्टाले खेलको अतिरिक्त समयमा गोल गर्दै स्पेनलाई विश्वकप दिलाए ।
त्यतिबेला स्पेनले अपनाएको टिकीटाका शैलीले विश्वको ध्यान खिच्यो ।
२०१० विश्वकप जित्दा स्पेनले प्रतियोगिता अवधिभर कुल ७ खेलमा ८ गोल मात्र गरेको थियो ।
त्यसपछि भने स्पेनले विश्वकपमा लय समात्न सकेन । विश्व विजेता स्पेन सेमिफाइनल पुग्न समेत सक्ने स्थिती रहेन टिकीटाका शैलीमा बलमाथी पुर्ण नियन्त्रण राखेपनि हरेक पटक फिनिसिङमा स्पेन चुकिरह्यो । फलस्वरूप सेमिफाइनल सम्मको यात्रासमेत निकै कठिन भयो ।

तर विश्वकप चुमेको १६ वर्षपछि स्पेनले लय समातेको छ उहीँ टिकीटाका शैलिमा थोरै परिवर्तन गर्दै स्पेनले आक्रमणमा समेत सुधार गरेको छ । शुक्रबार राती बेल्जियम माथी २–१ को संघर्षपुण जित निकालेको स्पेनमा अझै फिनिसिङमै समस्या देखिएको छ ।
खेलको अन्तिम समयमा गरेको गोलसँगै स्पेनले कठिन जित निकालेको हो ।
खेलको ३० औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ठिक ११ मिनेटपछि बेल्जियमका चाल्र्स डे केटेलाएरले हेडमार्फत बराबरी फर्काए । खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८८ औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए ।
यो जितसँगै स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
अब स्पेनले उपाधि यात्राका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले क्वाटरफाइनलमा मोरोक्कोलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
जारी विश्वकपको प्रमुख दाबेदार मध्यको एक स्पेनले कुल ६ खेल खेल्दै ७ गोल गरिसकेको छ । विश्वकप जित्नका लागि स्पेनले फिनिसिङमा अझै सुधार गर्नुपर्ने देखिन्छ ।
फ्रान्स विरुद्धको खेल फाइनल अघिको फाइनल
स्पेनले फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नुपर्ने छ । जारी विश्वकपमा अत्यन्तै उत्कृष्ट देखिएको फ्रान्सलाई उपाधीको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । स्पेन र फ्रान्सको खेललाई फाइनल अघिको फाइनल खेलको रुपमा समेत लिइएको छ । उच्च लयमा रहेका एम्बाप्पे र उनलाई साथ दिइरहेका डिम्बेला फिनिसिङमा चुकेका छैनन् ।

उता स्पेनको डिफेन्स लाइन भने निकै बलियो छ । युवा स्टार लामिन यामल र उत्कृष्ट लयमा रहेका एम्बाप्पे यो खेलका लागि मुख्य प्रभाब पार्ने खेलाडी हुन् । दुबै टिम प्रमुख दावेदार रहेकाले अब हुने सेमिफाइनललाई फाइनल खेलको रुपमा लिइने छ ।





